Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • खामेनीको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमद्वारा पुष्टि, ४० दिनको शोक घोषणा


    आइतबार, फाल्गुन १७ २०८२
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौ । (एजेन्सी) इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको त्यहाँको सरकारी टेलिभिजनले औपचारिक रूपमा पुष्टि गरेको छ ।

    केही समयअघि मात्रै इरानी राज्य नियन्त्रित टेलिभिजनले खामेनी अब यस संसारमा नरहेको सार्वजनिक गरेको हो ।

    एक जना आँसुले भरिएको सरकारी टिभी प्रस्तोताले खामेनीको मृत्युको घोषणा गरे र देशले ४० दिनको शोक मनाउने बताए । शनिवार अमेरिका र इजरायलले धेरै इरानी सहरहरूमा आक्रमण गरे र आइतबार बिहान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोशलमा खामेनीको मृत्युको दाबी गरे। ‘इतिहासको सबैभन्दा खराब व्यक्ति मध्ये एक, खामेनी अब मरेका छन्,’ ट्रम्पले ट्रुथ सोशलमा लेखे ।

    यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु भएको दाबी गरेका थिए ।

    शनिबार अमेरिका र इजरायलले इरानका विभिन्न सहरहरूमा भीषण आक्रमण गरेपछि आइतबार बिहान ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत यस्तो घोषणा गरेका हुन ।

    ट्रम्पले लेखेका छन्, ुइतिहासकै सबैभन्दा खराब व्यक्तिहरूमध्ये एक, खामेनीको अब मृत्यु भइसकेको छ । यद्यपि, इरानको तर्फबाट यस विषयमा कुनै आधिकारिक शोक वक्तव्य आएको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार