Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • उपेन्द्र यादवको कटाक्ष : मधेश आन्दोेलन हुँदा बालेन्द्र साह कहाँ  थिए ?


    सोमबार, फाल्गुन ११ २०८२
    400
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कुनै विचार र दृष्टिकोण नभएका रवि लामिछाने र बालेन साह जस्ता मानिसहरु आगामी संसदमा आउन नहुने बताएका छन् ।

    सोमबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यादवले मधेशी जनताको अधिकारको लडाई हुँदा बालेन्द्र साह कहाँ  थिए भनेर प्रश्न गरेका छन् । मधेशको मुद्दामा बालेनको कुनै धारणा नरहेको उनको भनाइ थियो । उनले अगाडि भने–‘राष्ट्रिय राजनीतिमा बालेन साहको कुनै धारणा सुनिएको छैन, वैचारिक स्पष्टता छैन, दर्शन के हो थाहा छैन, मुद्दा के हो थाहा छैन, त्यस्ता मान्छेको हल्लाको पछि लाग्नु हुँदैन ।’

    मधेशको मुद्दा बोक्ने, आदिवासी जनजाति, महिला, उत्पीडित वर्ग,महिला र राष्ट्रिय समस्यालाई बोकिरहेको र यसलाई मधेशका जनताले तिनलाई राम्रोसँग बुझेको जसपा नेपाल मात्र भएको समेत उनले बताए । उनले भने– मधेशमा घण्टी हल्लाउँदैमा हल्लिनेवाला छैन । सोसल मिडियाहरुमा अलि बढी घण्टी बज्या जस्तो देखिन्छ । तर, ग्राउण्ड रियालिटी त्यस्तो देखिदैन ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार