रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का अध्यक्ष रवि लामिछाने र बरिष्ठ नेता बालेन्द्र साहको चुनावी सभामा एमालेको झन्डा जलाइएपछि स्थिति तनावपूर्ण बन्दैगएको छ ।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा लामिछाने र बालेन्द्र साहको कार्यक्रममा झन्डा जलाइएपछि एमालेले बिरोध गरेको छ ।
दाङ एमालेले झन्डा जलाउनेलाई तत्काल पक्राउ गर्न माग गर्दै शुक्रबार दाङमा प्रदर्शन गरेको छ । दाङमा झन्डा जलाइएपछि रास्वपाको भैरहवा र पोखरामा रवि र बालेन्द्रले सम्बोधन गर्न लागेको शनिबारको कार्यक्रम नै स्थगित गर्नुपरेको छ । रास्वपाले शनिबार रुपन्देहीको भैरहवा र आइतबार पोखरामा आयोजना गरिएको चुनावी सभा स्थगित गरेको छ ।
विनाप्रमाण गत भदौमा भएको जेनजी आन्दोलनमा घुसपेठ गरेको आरोप खेप्दै आएको रास्वपा अहिले भने कानूनविपरीत गतिविधिमा संलग्न भएको विषयमा विवादमा परेको हो ।
दाङको तुलसीपुरमा बिहीबार राति रास्वपा कार्यकर्ताले एमालेको झण्डा जलाएका थिए । त्यसपछि उत्पन्न विवादले उग्ररुप लिइरहेको छ । आफ्नो झण्डा जलाइदिएपछि एमालेका नेता तथा कार्यकर्ता आक्रोशित भएका छन् ।
नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघका अध्यक्ष महाराज गुरुङले शुक्रबार एक विज्ञप्ति जारी गर्दै रास्वपालाई यथाशीघ्र सार्वजनिक रूपमा माफी माग्न, यस्ता गतिविधि रोक्न र कार्यकर्तालाई अनुशासनमा राख्न आग्रह गरेका छन् ।
पार्टीको झण्डा जलाउने घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै सम्बन्धित पक्षमाथि कानूनी कारबाही प्रक्रिया अघि बढाउन उनको माग छ । यद्यपि रास्वपाले यसलाई घुसपैठको दाबी गरेको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडिओ र फोटोहरूमा रास्वपाको प्रचार गर्दै एमाले र केपी ओलीविरुद्ध नाराबाजी गर्दै झण्डा जलाइएको र घन्टी बजाएको प्रष्ट देखिन्छ ।
सुर्खेतबाट तुलसीपुर हुँदै घोराही पुगेका लामिछानेको स्वागत कार्यक्रमकै क्रममा झण्डा दहन गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
झण्डा जलाइएको ठाउँ भने एमाले महासचिव शंकर पोखरेलको गृहनगर तुलसीपुर हो । यस विषयलाई लिएर महासचिव पोखरेलसहितका एमाले नेता तथा कार्यकर्ताले आक्रोश व्यक्त गरेका छन् ।
एमालेको लडाकु दस्ता नेशनल भोलेन्टियर्स फोर्स र विद्यार्थी संगठन अनेरास्ववियुले नेतृत्वमाथि अनावश्यक लाञ्छना लगाइएको र पार्टीको झण्डा जलाउनेलाई तत्काल कारबाहीको माग गर्दै प्रतिकारमा उत्रने चेतावनी दिएका छन् ।
एमाले दाङका सचिव श्याम डाँगीले निर्वाचनको समय नजिकिँदै गर्दा यस्ता गतिविधिले शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन हुनेमा आशंका बढेको बताएका छन् ।
उनले भनेका छन्–‘निर्वाचनको समय नजिकिँदै गर्दा यस्ता गतिविधिले शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन हुन्छ भन्ने कुरामा आशंका पैदा भएको छ । लोकतन्त्रविरोधी यस्तो कार्यले निर्वाचन मुठभेडतर्फ जान सक्छ । सुरक्षा निकायले गम्भीर ध्यान दिई दोषीलाई कानुनी कठघरामा उभ्याउनुपर्छ ।’
शान्ता चौधरी, कोमल वलीगायतका नेताले प्रतिद्वन्द्वी दलको प्रतीक वा झण्डामाथि आक्रमण गर्नु समग्र लोकतान्त्रिक प्रणालीमाथिको चुनौती भएको भन्दै रास्वपाको गतिविधिलाई निन्दनीय, अस्वीकार्य र पूर्ण रूपमा अराजकताको संज्ञा दिएका छन् ।
रास्वपा दाङका सभापति विनय घिमिरेले हिजो राति नै विज्ञप्ति निकाल्दै शुभेच्छुकहरूको उत्साहजनक उपस्थितिले अत्तालिएकाहरूले घुसपैठ गरी भ्रमपूर्ण वातावरण सिर्जना गरेको जिकिर गरेका छन । झण्डा जलाउनेलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ ।
रास्वपा लुम्बिनी प्रदेश सभापति देवराज पाठकले पनि पार्टीको तर्फबाट कुनै दलको झण्डा जलाउने काम नहुने जनाउँदै यस्तो गतिविधिको संरक्षण नहुने जनाएका छन् ।
झण्डा जलाएर आस्थामाथि प्रहार भएको भन्दै एमालेका नेता कार्यकर्ता आक्रोशित भएपछि दुई दलबीच द्वन्द्व बढ्नसक्ने देखिएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend