Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • पत्रकार चौहान कांग्रेसको केन्द्रीय प्रचार–प्रसार समितिको सदस्यमा मनोनीत


    मंगलबार, फाल्गुन ५ २०८२
    570
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बीरगञ्ज । नेपाली कांग्रेसले वरिष्ठ पत्रकार दीपेन्द्र चौहानलाई पार्टीको केन्द्रीय प्रचार–प्रसार समितिको सदस्यमा मनोनयन गरेको छ ।

    ललितपुरस्थित बी.पी. स्मृति भवनमा रहेको पार्टीको केन्द्रीय कार्यालयबाट माघ २९ गते जारी गरिएको नियुक्ति पत्रमार्फत् उक्त जानकारी सार्वजनिक गरिएको हो ।

    आसन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन तथा समानुपातिकतर्फको मतभार बढाउन चुनाव प्रचार–प्रसारलाई थप प्रभावकारी, समन्वयात्मक र व्यवस्थित बनाउने उद्देश्यका साथ चौहानलाई उक्त जिम्मेवारी दिइएको हो ।

    पत्रकारिता क्षेत्रमा चौहानको लामो अनुभव, सक्रियता र सञ्चारमाध्यमसँगको सुमधुर समन्वयले पार्टीको चुनावी अभियानलाई परिणाममुखी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास कांग्रेसले लिएको छ ।

    पार्टीका प्रवक्ता एवं केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक देवराज चालिसेद्वारा हस्ताक्षरित नियुक्ति पत्र प्राप्त गरेपछि चौहानले आफूलाई दिइएको जिम्मेवारी इमानदारीपूर्वक र परिणाममुखी ढंगले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार