ब्रुकिङ्स, दक्षिण डकोटा । स्थानीय समाचारपत्रहरू—जुन हाम्रो समुदायको आवाज, पहिचान र आवश्यकताको प्रतिबिम्ब हुन्—तिनको भविष्य, चुनौती र नवप्रवर्तनमाथि केन्द्रित अन्तर्राष्ट्रिय साप्ताहिक पत्रिका सम्पादकहरूको सम्मेलन (International Society of Weekly Newspaper Editors – ISWNE) अमेरिकाको दक्षिण डकोटास्थित साउथ डकोटा स्टेट युनिभर्सिटी (SDSU) मा यही असार २५ गतेदेखि सुरु भएको छ ।
विश्वका अनुभवी सम्पादकहरूको साझा मञ्च बनेको यस सम्मेलनमा नेपालबाट वरिष्ठ पत्रकार दीपेन्द्र चौहान जनसमीक्षा साप्ताहिकका अतिथि सम्पादकको हैसियतमा एकमात्र नेपाली प्रतिनिधिका रूपमा सहभागी भएका छन् ।
नेपाल पत्रकार महासंघका पूर्व सचिव तथा विश्व पत्रकार महासंघका संयुक्त सचिव रहेका चौहान सम्मेलनमा सहभागी भएका नेपालका एकमात्र प्रतिनिधि हुन् । सन् १९५५ मा स्थापना भएको ISWNE को उद्देश्य सम्पादकीय लेखनमा उच्च मापदण्ड प्रवद्र्धन गर्नु, विचार आदान–प्रदानको अवसर सृजना गर्नु तथा सम्पूर्ण राष्ट्रमा प्रेस स्वतन्त्रताको प्रवद्र्धन गर्नु हो ।
अमेरिका, क्यानडा, बेलायत, आयरल्याण्ड, फ्रान्स, अष्ट्रेलिया, दक्षिण अफ्रिका र नेपाललगायतका मुलुकहरूबाट ISWNE मा सदस्यता रहेको छ ।
सम्मेलनको औपचारिक उदघाटन SDSU का अध्यक्ष ब्यारी डन, पत्रकारिता तथा सञ्चार विभागका निर्देशक जोशुवा वेस्टविक तथा साउथ डकोटा न्यूज मिडिया एसोसिएसन (SDNA) का मोली म्याकरोबट्र्स र डेविड बोर्डेविकले संयुक्त रूपमा गरेका थिए ।
उद्घाटन समारोहपश्चात “South Dakota’s Changing Journalism Landscape” विषयक प्यानल छलफल आयोजना गरिएको थियो । छलफलमा अमेरिकी ग्रामीण पत्रपत्रिकाको बदलिंदो स्वरूप, स्थानीय समुदायको भूमिका र डिजिटल युगमा साप्ताहिक पत्रिकाहरूको सन्दर्भमा चुनौती र सम्भावनाहरूबारे व्यापक बहस भएको थियो ।
त्यसैगरी क्म्क्ग् कलेजियन नामक विद्यार्थी–समाचारपत्रले आफ्ना पाठकसँगको सम्बन्ध विस्तार, डिजिटल माध्यममा उपस्थितिका रणनीति र युवाहरूलाई पत्रकारितामा आकर्षित गर्ने उपायबारे आफ्नो अनुभव प्रस्तुत गरेको थियो ।
वरिष्ठ पत्रकार चौहानले सम्मेलनमा सहभागितालाई नेपालजस्तो मुलुकका लागि महत्वपूर्ण अवसरका रूपमा लिँदै भने, “विश्वभरका पत्रकारहरूसँग प्रत्यक्ष संवाद, अनुभव आदान–प्रदान र चुनौतीका बीच पत्रकारिता कसरी अगाडि बढिरहेको छ भन्ने बुझ्न यो सम्मेलन निकै उपयोगी छ ।’ उनले नेपालको ग्रामीण पत्रकारिताका सवाल र समकालीन अवस्था विश्वसामु राख्ने अवसर पाएकोमा सन्तोष व्यक्त गरे ।
असार २९ सम्म चल्ने सम्मेलनमा विश्वका विभिन्न देशबाट साप्ताहिक पत्रिकामा आबद्ध सम्पादक र पत्रकारहरूको सहभागिता रहेको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend