Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • रास्वपाले फागुन ७ गते आफ्नो वाचापत्र सार्वजनिक गर्ने


    शुक्रबार, फाल्गुन १ २०८२
    860
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन ७ गते आफ्नो वाचापत्र सार्वजनिक गर्ने निर्णय गरेको छ।

    फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका तयारीका क्रममा पार्टीले सो मितिमा वाचापत्र प्रस्तुत गर्ने भएको महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिएका छन्।

    महामन्त्री बुर्लाकोटीले भने, “फागुन ७ गते हाम्रो वाचापत्र सार्वजनिक हुने छ र त्यसअनुसार पार्टीले तयारी पूरा गरिसकेको छ।”

    निर्वाचन आयोगले राजनीतिक दलहरूलाई फागुन ३ गतेभित्र घोषणापत्र वा वाचापत्र सार्वजनिक गर्न सूचना जारी गरेको थियो। अहिलेसम्म केही प्रमुख दलहरूले आफ्नो वाचापत्र सार्वजनिक गरिसकेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार