Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न पुगे दुर्गा प्रसाईं


    शुक्रबार, फाल्गुन १ २०८२
    435
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न उनका समर्थकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर पुगेका छन् । उनीहरू विभिन्न नारा लगाउँदै पूर्वराजाको आगमनको प्रतीक्षा गरिरहेका छन् ।

    राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईँ पनि विमानस्थल पुगेका छन् । समर्थकहरूलाई बाहिर राखेर उनी भित्र प्रवेश गरेका छन् । उनले पूर्वराजा शाहलाई लिएर आउने बताएका छन् । पूर्वराजा शाह झापाबाट काठमाडौं आइरहेका छन् ।

    उनको आगमनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निर्मल निवाससम्म कडा सुरक्षा व्यवस्था मिलाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार सुरक्षा व्यवस्था मजबुत बनाइएको छ ।

    काठमाडौंका चोक–चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार