काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी आन्दोलनलगत्तै आफू र माधव नेपालले सहजीकरण गरेकाले देश ठूलो राजनीतिक दुर्घटनाबाट जोगिएको जिकिर गरेका छन् ।
बागलुङको बुर्तिबाङमा कार्यकर्तासँगको संवादमा बोल्दै प्रचण्डले तत्कालीन समयमा अन्तरिम सरकार र चुनाव नै विकल्पको रूपमा देखिएकाले आफूहरूले सहजीकरण गरेको बताए ।
सतही रूपमा हेर्दा जेन–जी आन्दोलन जलाउने र लुट्नेमात्र देखिएको भए पनि भित्रिरूपमा संविधान नै खारेज गराई कठपुतली सरकार बनाइ नेपाललाई युक्रेनजस्तो बनाउने मिसनले चलाइएको आफूहरूले थाहा पाएको उनको दाबी छ । साथै उनले राष्ट्र ठूलो संकटमा परेको नजिकबाट नियालेको पनि बताए ।
‘त्यसबेला समाधानका लागि विकल्पका रूपमा अन्तरिम सरकार र निर्वाचन नै हुने देखियो । म र माधव नेपालले सहजीकरण ग¥यौँ । हामीले विवेक नपु¥याको भए । त्यो बेला जलाउने, लुट्ने त थियो नांगो आँखाले देख्यौँ । संविधान खारेज, राष्ट्रपति संस्थालाई खारेज गराई कठपुतली सरकार बनाएर युक्रेनजस्तो बनाउने मिसन थियो भन्ने हामीले थाहा पायौँ । त्यो सफल भएको भए अझ दुर्घटना हुन्थ्यो त्यसबाट बचाउन हामीले सहजीकरण ग¥यौँ,’ उनले भने ।
उनले संविधान बचाउन सफल भए पनि केही भने घाइते भएको बताए । साथै राष्ट्रपति संस्था बचाउन सकिएको प्रचण्डले सुनाए । सुरूमा यो चुनावतिर देश जाने हो कि हैन भन्ने शंका भएपनि अब पूरै मुलुक र जनता चुनावमा होमिएको दाहालको भनाइ छ ।
काठमाडौँ। सरकारले प्रहरी महानिरीक्षक (आइजिपी) पदबाट हटाएपछि पुनर्बहाली माग गर्दै सर्वोच्च अदालत पुगेका दानबहादुर कार्कीको रिट निवेदन बिहीबार दर्ता हुन सकेन। कार्कीका तर्फबाट वारेसमार्फत पेस...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा कुनै आर्थिक लेनदेन नभएको दाबी गरेका छन्। बिचौलियाका रूपमा चर्चामा रहेका इनम सापकोटाको भनिएको...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति(सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखसँग ‘ब्रिफिङ’ लिएका छन्। प्रधानमन्त्री शाहले बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानसेनापति अशोकराज सिग्देल,...
काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले मुद्दा मामिलामा न्यायको अर्थ सधैँ फैसला गर्नु मात्र पनि नभएको बताएकी छन्। उनले न्यायोचित ढंगबाट विवादको...
काठमाडौं। बुधबार जिम्मेवारीबाट हटाइएका नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक(आईजीपी) दानबहादुर कार्की पुनर्वहाली माग गर्दै सर्वोच्च अदालत पुगेका छन्। कार्की निकट एक कानुन व्यवसायीले बताएअनुसार पदमा बहाली...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend