काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिका ६ लिमीका बासिन्दालाई आगामी निर्वाचनमा मतदान गर्न भौगोलिक विकटता र प्रतिकूल मौसमले ठुलो चुनौती खडा गरेको छ ।
वडा अध्यक्ष पाल्जोर तामाङले जिल्ला निर्वाचन कार्यालय सिमकोटलाई दुईवटा छुट्टाछुट्टै पत्र लेख्दै मतदाताहरूलाई मतदान केन्द्रसम्म पुग्ने वातावरण मिलाइदिन वा निर्वाचनको मिति सार्न औपचारिक अनुरोध गरेका छन् ।
आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा सहभागी हुन धेरैजसो मतदाताहरू हाल जिल्ला बाहिर छन्, तर गाउँ फर्कने मुख्य मार्गमा पर्ने ५२०० मिटर उचाइको न्यालु लेक भारी हिमपातका कारण बन्द रहेको छ ।
कुल ६७२ मतदाता रहेको नाम्खा–६ लिमीमा तीनवटा मतदान स्थलहरू तोकिएका छन् । यद्यपि, यहाँका अधिकांश मतदाताहरू जाडो छल्न काठमाडौं, सुर्खेत र भारतलगायतका स्थानमा गएकाले बाटो नखुलेमा मत नखस्ने सम्भावना रहेको वडा अध्यक्ष तामाङले बताएका छन् ।
वडा कार्यालयले पठाएको पत्रमा एकातिर बन्द रहेको सडक र न्यालु लेकको हिउँ पन्छाउन सम्बन्धित निकायहरूसँग समन्वय गरिदिन आग्रह गरिएको छ भने अर्कोतिर प्रतिकूल मौसम र भौगोलिक कठिनाइका कारण मतदाता आउन नसक्ने अवस्था भएमा उक्त वडाको निर्वाचन दोस्रो चरणको मितिमा सारिदिन सिफारिस गरिएको छ ।
हुम्लाको उत्तरी हिमाली क्षेत्रमा पर्ने लिमीमा हिउँदको समयमा आवतजावत प्रायः ठप्प हुने गर्दछ । यस्तो अवस्थामा समयमै सडक खुलाउन सरकारले पहल नगरे वा निर्वाचनको समय हेरफेर नभए धेरै नागरिक आफ्नो संवैधानिक मताधिकार प्रयोग गर्नबाट वञ्चित हुने देखिएको छ ।
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले राजधानीको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री र वैज्ञानिक बनाउन एआई-सक्षम सीसीटीभीसहित आधुनिक प्रविधिको प्रयोग विस्तार गर्नुपर्ने बताएका...
काठमाडौं। प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान गरेका छन्। चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा प्रधानसेनापति सिग्देल चीन प्रस्थान गरेका हुन्। जंगीअड्डा स्रोतका अनुसार प्रधानसेनापति सिग्देल...
रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान वडा नं ६...
कपिलवस्तु । जिल्लाको कपिलवस्तु नगरपालिका–६ बर्मेलीस्थित वाणगंगा नदीमा शनिबार राति एक्कासि आएको बाढीमा फसेका १२ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । बाढीका कारण...
काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसो २ बजे बैठक बस्ने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend