काठमाडौं । पछिल्ला दिनमा चोरीका घटना बढिरहेका छन् । मूलपानीमा लुटपाट गर्ने समूहलाई गोली हानी पक्राउ गरेको प्रहरीले गएराति करिब ७० तोलाको सुनचाँदीका गरगहना चोरी गरेको आरोपमा अर्को समूहलाई पक्राउ गरेको छ ।
मूलपानीमा जस्तै प्रहरीले काठमाडौंको नागार्जुन नगरपालिकाको महांकालबाट एक जनालाई गोली हानेरै पक्राउ गरेको छ ।
प्रहरीका अनुसार नेपालगन्ज घर भएका प्रेम थारुलाई गएराति करिब ११ः३० बजे नियन्त्रणमा लिन खोज्दा उनी भाग्न प्रयास गरेपछि गोली प्रहार गरिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले बौद्ध क्षेत्रबाट हराएको सुनचाँदीका गरगहनासँग सम्बन्धित अनुसन्धानका क्रममा थारुलाई शंका लागेर चेकजाँच गर्दा उनले प्रहरीमाथि आक्रमण गरेको बताए ।
आक्रमणपछि नियन्त्रणमा लिन बाध्य भएर प्रहरीले गोली चलाएको उनको भनाइ छ ।
प्रहरीका अनुसार थारु यसअघि २०७९ सालमा चोरी मुद्दामा ३ वर्ष जेल सजाय भोगेर रिहा भएका थिए ।
गोली थारुको खुट्टामा लागेको र हाल उनको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
सिरहा । सशस्त्र प्रहरी बल, नेपाल नं.७ गण हेडक्वार्टर सिरहाले एसपी सुमनजंग थापाको नेतृत्वमा जिल्लाका विभिन्न सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई कडाइ गर्दै १५...
काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका-९ भाबरबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना चालकलाई पक्राउ गरिएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend