काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले शहीदको बलिदानलाई बेवास्ता गर्ने छुट कसैलाई नभएको बताएका छन् ।
शहीद दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत् सन्देश जारी गर्दै उनले शहीदको सपना अझै अधुरै रहेको उल्लेख गरेका हुन् ।
सन्देशमा शाहले राणा शासनविरुद्ध सङ्घर्ष गर्ने गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीलाई स्मरण गर्दै उनीहरूको क्रूर हत्या भएको ८५ वर्ष बितिसकेको बताएका छन् ।
‘त्यसको एक दशकपछि राणा शासनको अन्त्य त भयो, तर राज्य जनताको बन्न सकेन,’ उनले लेखेका छन् । पटक–पटक व्यवस्था फेरिए पनि सत्ताको चरित्र नफेरिएको उनले टिप्पणी गरेका छन् ।
साहले भदौमा भएको ‘जेनजी आन्दोलन’ को सन्दर्भ उल्लेख गर्दै सुशासन र भ्रष्टाचार अन्त्यको मागसहित शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा तथा विद्यार्थीले ज्यान गुमाउनुपरेको घटनालाई पनि स्मरण गरेका छन्। ‘८५ वर्ष पहिलेजस्तै, यसपटक पनि परिवर्तनको माग गर्नेहरू शहीद बन्न बाध्य भए,’ उनले उल्लेख गरेका छन् ।
उनका अनुसार अब शहीदका सपना पुरा गर्ने ऐतिहासिक जिम्मेवारी वर्तमान पुस्ताको काँधमा आएको छ । लामो समयदेखि जरा गाडेर बसेको भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्नु, राज्यका निकायमा भएको चरम दलीयकरण अन्त्य गरी राज्यलाई जवाफदेही र पारदर्शी बनाउनु आजको प्रमुख आवश्यकता भएको उनले बताएका छन् ।
‘अब समय आएको छ—शहीदको रगतलाई सम्मान गर्दै उनीहरूको सपना पुरा गर्ने। सुशासनयुक्त, भ्रष्टाचारमुक्त र आर्थिक रूपमा उन्नत नेपाल निर्माण गर्ने,’ शाहले सन्देशमा भनेका छन् ।
अन्त्यमा, अब फेरि कसैले शहीद बन्नु नपरोस् भन्ने कामना गर्दै शाहले सम्पूर्ण ज्ञात–अज्ञात शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend