काठमाडौं । राजस्वछली, तस्करी र उपभोक्ता ठगी गरेकोमा कारबाहीमा परेका गुट्खादेखि करेन्ट चाउचाउका मालिक कमलकिशोर मालपानीसँग ८ करोड रुपैयाँको डिफेन्डर गाडी उपहार लिएका रास्वपाका बरिष्ठ नेता बालेन्द्र साह सामाजिक संजालमा ट्रोल छन् ।
बालेन्द्रले विवादास्पद ब्यापारी मालपानीको गाडी उपहारमा लिएको बिषयलाई ओझेलमा पार्न नेकपा (एमाले)निकट अनेरास्ववियुका पूर्वअध्यक्ष डा. सुजन कडरियालाई तान्न खोजेका छन् । सामाजिक संजालमा कडरियाले बालेन्द्रलाई गाडी दिएको बिषय भाइल पारिएको छ । तर कडरियाले भने अहिलेसम्म बालेनलाई नभेटेको र आफूसँग कुनै टेस्ला गाडी पनि नभएको प्रष्ट पारेका छन् । मेरो गाडी एएनआई भएको उल्लेख गर्दै एउटा रातो गाडीको फोटो प्रयोग गरेर नम्बर प्लेट मिल्यो भन्दै समाचार प्रकाशित गरिएकोप्रति कडरियाले आपत्ति जनाएका छन् ।
सामाजिक संजालमा कडरियाले लेखेका छन्–‘यस्ता वाहियात मिडियाको पछाडि लागेर नझुक्किनुहुन हार्दिक अपिल गर्दछु । मैले अहिलेसम्म बालेनलाई भेटेको पनि छैन । मेरो कुनै टेस्ला गाडी पनि छैन । मेरो गाडी एएनवाई (ANY) हो । एउटा रातो गाडी अगाडि मेरो फोटो राखेर नम्बर प्लेट मिल्यो भन्दै पूर्वाग्रहपूर्ण ढङ्गबाट प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।
यसअघि पनि चिन्दै नचिनेको बालेनको मन्त्री बन्न अखिलबाट राजीनामा भन्ने शीर्षकमा समाचार प्रकाशन भएपछि मैले व्यक्तिगत रूपमा अत्यधिक आलोचना सहनुपरेको थियो । त्यसबाट भएको क्षति कदापि माफ हुन सक्दैन । आज यस्तै सस्तो लोकप्रियतामा चल्ने मिडियाका कारण यथार्थ बुझ्न झन् गाह्रो भएको छ ।
बालेनसँग मेरा साथीभाइहरूको सम्बन्ध छ, भन्ने त्यो नितान्त उनीहरूबीचको व्यक्तिगत सम्बन्ध हो । मेरो भाइको सम्बन्ध पनि उसको निजी मामिला हो र पारिवारिक रूपमा पनि हामी सँगै बस्दैनौँ । म बालेनलाई व्यक्तिगत रूपमा चिन्दिनँ र त्यो मेरा लागि आवश्यक पनि छैन । म सधैँ नेकपा(एमाले) र श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीको समर्थक हुँ । म एमालेको कार्यकर्ता हुँ र रहनेछु ।’
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend