काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं विघटित प्रतिनिधि सभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्रमा उद्घाटन गर्नका लागि आउन अनुरोध गरेका छन् ।
काठमाडौँको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।उमेरका कारणले पनि अब अघि नबढ्न सभापति देउवालाई उनको आग्रह थियो ।
‘शेरबहादुर दाइ तपाईँ एउटा इतिहास बोकेको हाम्रो नेता हो । गाउँबाट आउनुभएको नेता हो । ८० कटिसक्नुभयो । मेरो पिताजीको उमेर समान हुनुहुन्छ,’ उनले भनेका छन्, ‘अब तपाईँलाई अब उमेरका कारण माथिबाट बोलाइराखेको बेलामा आफ्ना कार्यकता हिजो जसले तपाईँलाई सभापति बनायो, पटक पटक तपाईँहरूलाई सत्तामा पुर्यायो, त्यो रोइलो छाडेर भोलि बिहान हल उद्घाटन गर्ने बेलामा आउनुस् । हामी विकल्प दिन्छौँ ।’
उनले विशेष महाधिवेशनको विपक्षमा रहेका केन्द्रीय सदस्यहरूलाई पनि भृकुटीमण्डपमा उपस्थित भिडले गिज्याएको टिप्पणी गरे ।
‘हेर्नुस् यो मासुम अनुहारले के भन्छन् ? यो मासुम अनुहारले तपाईँहरूलाई गिज्याइरहेको छ कि छैन ? हामी झगडामा विश्वास गर्दैनौँ । हाम्रो क्यारेक्टर, फ्याक्टर सिद्धान्त र विचार मध्यमार्गी बाटो हो,’ उनले भनेका छन् ।
पार्टीमा ५४ प्रतिशत हस्ताक्षरलाई समेत सामान्य छलफल गराउन नसक्नु विडम्बना भएको तर्क गरे ।
‘नेपाली जनताले राम्रोसँग दुई छाक भात खान पाओस्, उपचार र शिक्षा पाओस् भनेर हाम्रा अग्रज लड्नुभयो । वर्षौंसम्म पञ्चायत र राणाहरूका विरुद्धमा लड्नुभयो,’ उनले भने, ‘हाम्रो पार्टीले न्यूनतम लोकतान्त्रिक मान्यतालाई समेत लत्याएर, ५४ प्रतिशत हस्ताक्षरलाई समेत सामान्य हलमा छलफल गराउने समेत आँट गर्न सकेन । भन्नुस् त यो बिडम्बडा हो कि होइन ?’
विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर आफूखुसी उम्मेदवारी घोषणा गर्ने क्रम बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई कार्यकर्ता व्यवस्थापनमा सकस परेको छ। स्थानीय तहको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सीडीओ, डीएसपी, एसपी हाम्रै भएकाले नेता कार्यकर्तामा उन्माद बढेको भने पनि सांसद आशिका तामाङले २ दिनमा...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले यस वर्ष लक्ष्मीपूजाका दिन करिब १ हजार ९ सयदेखि २ हजार मेगावाटसम्म विद्युत माग हुने अनुमान गरेको छ । उक्त...
काठमाडौँ । नेपाली सेनाले कुकुर तिहारको अवसरमा विशेष ‘डग शो’ प्रदर्शनी आयोजना गरेको छ । मध्यपुर थिमिस्थित भैरव वाहन गुल्ममा आइतबार आयोजित कार्यक्रममा कुकुरको पूजा...
काठमाडौँ। पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका-४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा दुईतर्फी रूपमा सडक अवरुद्ध भएको छ । आज बिहान करिब १० बजे पहिरो खसेको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend