काठमाडौं। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले समानुपातिक गुमाएपनि आत्मसम्मान नगुमाएको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीसँगको सहमति टुंगिएपछि अध्यक्ष घिसिङले आज(आइतबार)सामाजिक सञ्जालबाट एकतर्फी एकता भंग भएको घोषणा गरिएको पनि बताएका छन्।
उनले १२ दिनको मौनतालाई कमजोर नठान्न पनि चेतावनी दिएका छन्।
उनले भनेका छन्,‘विश्वास गरेर पार्टी बुझायौँ,विश्वास गरेर नेतृत्व बुझायौँ।,समानुपातिक उम्मेदवारमा १८ जना दिन्छु भन्दै १४ मात्रै राख्ने। केन्द्रीय सदस्य पनि बालेन समूह र उनेपालाई २१/२१ दिने भन्ने तर बालेन समूहलाई २६ दिने र उनेपालाई चाहिँ १२ जनामा चित्त बुझाउन पर्यो भन्ने। गर्छु भनेको भद्र सहमतिहरू केहि पालना नगर्ने र अनि एकतर्फी एकता भंग भएको घोषणा गर्ने। लाग्यो होला, पौष १४ को समानुपातिक सूची बुझाउने समय नाघी सक्यो, अब यिनीहरूको अन्य केही विकल्प छैन। जति पेले पनि भो। हामीले समानुपातिक गुमायौँ, तर आत्मसम्मान गुमाएका छैनौँ। १२ दिनको हाम्रो मौनतालाई कमजोर नठानोस्।’
उनले देश समृद्ध बनाउने लक्ष्यप्रतिको प्रतिबद्धता अझ बलियो बनाएको पनि बताए। ‘हामीले तपाईहरूमाथिको विश्वास गुमायौँ,’उनले भने,‘तर देश समृद्ध बनाउने लक्ष्यप्रतिको प्रतिबद्धता अझ बलियो बनाएका छौँ।’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले हलचोकस्थित सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको भदौ २८ गते विशेष निरीक्षण तथा अवलोकन गरेका छन् । विपद् व्यवस्थापन तथा...
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउन तयारी भइरहेको छ । सडकको ग्रेड मिलाउने काम भइरहेकाले केहीबेरमा खाली ग्यास बुलेट...
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारले पनि जनतामा आशा जगाउने काम गर्न नसकेको बताएका छन्। पार्टीको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन...
काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend