Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • रास्वपा सहमहामन्त्री आचार्यले लिए समानुपातिकको सूचीबाट नाम फिर्ता


    आइतबार, पुष २७ २०८२
    395
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । रास्वपा सहमहामन्त्री विपिनकुमार आचार्यले समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन् ।

    आचार्यले समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिएको रास्वपा स्रोतले जानकारी दिएको छ । समानुपातिकतर्फ इच्छा जाहेर गर्नेहरूको संख्या बढेपछि पार्टीका विभिन्न गतिविधिमा सक्रिय हुन भन्दै उनले नाम फिर्ता लिएको एक नेताले जानकारी दिए ।

    उनलाई पार्टी खस आर्यतर्फको पहिलो नम्बरमा समानुपातिकतर्फ सिफारिस गरेको थियो । रास्वपामा एकपछि अर्काले नाम फिर्ता लिने क्रम जारी छ ।

    यसअघि नै डा. अरनिको पाँडे, टासी शेर्पा, त्रिशला गुरुङ, आसिफ साह, सचिन ढकाल, महेन्द्र लावती, मिलन लिम्बू, सिर्जना ओली ९सिर्जु०, मोहना अन्सारी, साजन विक र सुदेश गुरुङले समानुपातिक सूचीबाट नाम फिर्ता लिएको घोषणा गरिसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार