Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • प्रलोपा र श्रम संस्कृति पार्टीबीच चुनावी तालमेलको प्रयास


    आइतबार, पुष २७ २०८२
    530
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, जनार्दन शर्मा लगायतको अगुवाईमा खोलिएको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबीच चुनावी तालमेलको प्रयास भएको छ।

    दुवै पार्टीले निर्वाचन आयोगमा अलग-अलग समानुपातिक सूची बुझाइ सकेका छन्। तर, अब प्रत्यक्ष चुनावका लागि एक अर्कालाई सहयोग गर्नेगरि दुई पार्टीबीच सहकार्यको प्रयास भएको हो।

    आइतबार श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र प्रलोपाका अध्यक्ष परिषद्का सदस्य दुदन किराँतीबीच यसबारे छलफल भएको हो। उनले छलफलको थालनी भएको र सकरात्मक भएको बताए।

    ‘सहकार्य गर्नको निम्ति छलफल भयो,’ भेटमा सहभागी एक नेताले नेपालखबरसँग भने, ‘भर्खरै छलफल सुरु भएको छ। छलफल सकरात्मक भएको छ। छलफललाई जारी राख्ने सहमति भएको छ।

    साम्पाङ र किराती दुवैले आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभाको चुनाव सुनसरी-१ बाट लड्ने घोषणा गरेका छन्। यदि, दुई पार्टीबीच चुनावी तालमेलको सहमति भए एक जनाले त्यो क्षेत्र छोड्ने छन्।

    दुवै दल पहिलो पटक चुनावमा भाग लिँदै छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार