काठमाडौं । मानवअधिकारवादी नेता सुबोधराज प्याकुुरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको प्रस्तावित विशेष महाधिवेशन संचालन गरेर इतिहास रच्ने अवसर नगुमाउन आग्रह गरेका छन् । उनले देउवालाई यो सुवर्ण अवसर भएकाले आफ्नै अगुवाइमा विशेष महाधिवेशनको सञ्चालन गरेर इतिहास रच्ने अवसर नगुमाउन आग्रह गरेका छन् ।
प्याकुरेलले सामाजिक संजाल फेसबुकमा लेखेका छन्–‘नवयुवाको बिरोध किन राष्ट्रब्यापी बन्यो ? किन सिंगो मुलुकको आक्रोशको ज्वालामा बितण्डाको घिउ थप्न राष्ट्रघातीहरु सफल भए? भदौ २३ को बिरोध किन २४ मा ध्वंसात्मक बन्यो? के त्यसका कारण र कार्य २३ र २४ मा मात्र सीमित थियो ?
थिएन, किमार्थ थिएन।एकदशक अघि पलाएको आशामा तुषारापात भएपछि, आम नागरिकले दैनिकीमा हेपाइती भोग्नुपरेपछि र नेतृत्वले बिल्कुल बेवास्ता गर्ने कुसंस्कार दिनपरदिन जब्बर बन्दै गएपछि सबैखाले अर्थात सीमाना भित्र अनि बाहिरका समेतले विध्वंस मच्चाउने अवसर पाए । ज्यानको बाजी राखेर लोकतन्त्रको लागि लडेका भनिएका प्रधानमन्त्री भागे, सभामुख लुके, सांसदहरुको भागाभाग भयो । प्रतिरक्षा गर्ने दलहरु हराए ।
अब बिगतको समिक्षा गर्नुपर्छ कि पर्दैन ? नीति र व्यवहारमा रुपान्तरण गर्नुपर्छ कि पर्दैन ? नेतृत्वको सम्परीक्षण हुनुपर्छ कि पर्दैन ? यति गरिदिए काँग्रेस बौरिन सक्छ । सोलोडोलो नायकत्वमा स्थापित हुनसक्छ ।
अहिले प्रस्तावित विशेष अधिवेशन यो सन्दर्भमा सुवर्ण अवसर हो। सभापति देउवाले आफ्नै अगुवाइमा विशेष महाधिवेशनको सञ्चालन गरेर इतिहास रच्ने अवसर गुमाउनु होला? सायद नगुमाउनु होला।आफ्नो इतिहास, पार्टीको इतिहास र लोकतन्त्रको गौरवलाई नबुझेको त नहुनु पर्ने ।
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउन तयारी भइरहेको छ । सडकको ग्रेड मिलाउने काम भइरहेकाले केहीबेरमा खाली ग्यास बुलेट...
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारले पनि जनतामा आशा जगाउने काम गर्न नसकेको बताएका छन्। पार्टीको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन...
काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend