Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आशिका तामाङद्वारा स्वतन्त्र उम्मेदवारी घोषणा


    शनिबार, पुष २६ २०८२
    375
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

    उनले २१ फागुनमा हुने निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ वा ९ बाट उम्मेदवारी दिने बताएकी छन् ।

    फेसबुकमार्फत घोषणा गर्दै तामाङले आफू कुनै पनि राजनीतिक दलमा आवद्ध नहुने र दलगत राजनीतिभन्दा माथि उठेर स्वतन्त्र धारमा अघि बढ्ने निर्णयमा पुगेको उल्लेख गरेकी छन् ।

    जेन-जी पुस्ताका युवाले उठाएका मुद्दा, भ्रष्टाचारविरुद्धको संघर्ष, पारदर्शिता र जवाफदेही राजनीतिलाई सडकदेखि सदनसम्म सशक्त रूपमा उठाउने प्रतिबद्धतासहित उम्मेदवारी दिने उनको भनाइ छ ।

    चलचित्र क्षेत्रबाट उदाएकी तामाङ पछिल्ला वर्षहरूमा सामाजिक अभियन्ताको रूपमा सक्रिय रहँदै आएकी छन् । उनी जेनजी आन्दोलनका घाइते र शहीद परिवारलाई सहयोग गर्ने कार्यमा पनि संलग्न थिइन्

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार