Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • ‘सभापति पनि विशेष महाधिवेशनमा आउनुपर्छ’: चन्द्र भण्डारी


    शुक्रबार, पुष २५ २०८२
    585
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले पुस २७ गते आइतबार सुरु हुने दोस्रो विशेष महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा पनि सहभागी हुन आउनुपर्ने बताएका छन्।

    उनले शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै पार्टीलाई मिलाएर लैजान सभापति पनि महाधिवेशनमा सहभागी हुनुपर्ने बताएका हुन्।

    ‘७७ वटै जिल्लाका साथी हामीसित छन्, ७७ वटै जिल्लाका महाधिवेशन प्रतिनिधिहरू हाम्रा हुन्, ’उनले भने। भण्डारीले अगाडि भने, ‘नेताहरूलाई पनि मिलाएर लैजानुपर्छ। सभापति पनि आउनुपर्छ।’

    दोस्रो विशेष महाधिवेशन पक्षधरले विशेष महाधिवेशनमा भाग लिन पार्टी सभापति शेरबहादुर देउवालाई निम्तो गर्ने तयारी गरिरहेको छ। विशेष महाधिवेशन व्यवस्थापन समितिका संयोजक मनोजमणि आचार्यका अनुसार पार्टी सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई प्रमुख अतिथिका रूपमा निमन्त्रणा गरिनेछ।

    यसका लागि शनिबारसम्म चिठी पठाउने तयारी भइरहेको आचार्यले बताए।

    त्यस्तै, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत सबै पदाधिकारी र सातै प्रदेशका पार्टी सभापतिलाई पनि चिठी पठाएर निम्तो गरिने उनले जानकारी दिए।

    पार्टी महाधिवेशनमा अन्य राजनीतिक दलका प्रतिनिधिलाई पनि अतिथिका रूपमा बोलाउने चलन छ। यसपालि भने नियमित महाधिवेशन नभई विशेष महाधिवेशन हुन लागेकाले अन्य दलका प्रतिनिधिलाई निम्तो गर्ने कार्यक्रम नरहेको आचार्यले बताए।

    यो विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने २४८८ जना महाधिवेशन प्रतिनिधि आयोजकका रूपमा रहने छन्। काँग्रेसका कुल महाधिवेशन प्रतिनिधिमध्ये यो ५४ प्रतिशतभन्दा बढी हो।

    आयोजक समितिका अनुसार पुस २७ गते दिउँसो १ देखि ४ बजेसम्म भृकुटीमण्डपमा उद्घाटन सत्र सञ्चालन हुनेछ।

    उद्घाटनको दिन कुपण्डोल, सुन्धारा, रत्नपार्क र बागबजार गरी चार ठाउँबाट जुलुस निकालेर महाधिवेशन स्थल भृकुटीमण्डप जाने कार्यक्रम रहेको आचार्यले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार