काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल बहुसांस्कृतिक र बहुधार्मिक देश भएकाले धार्मिक असहिष्णुता फैलिने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पारेका छन्।
विश्व हिन्दु महासंघका अध्यक्ष अस्मिता भण्डारीलगायत संस्थाका प्रतिनिधिसँग बिहीबार मन्त्रालयमा भएको भेटका क्रममा उनले धार्मिक क्षेत्रको शान्ति सुरक्षाप्रति सरकार गम्भीर रहेको बताए।
गृहमन्त्री अर्यालले छलफलका क्रममा प्रारम्भिक असहिष्णुता फैलाउने, धार्मिक भावना भड्काउने वा सामाजिक सद्भाव बिगार्ने गतिविधि कसैले गरेमा कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएका छन्। उनले बहुधार्मिक समाजमा सबैको आस्था र विश्वासलाई सम्मान गर्नु लोकतान्त्रिक मूल्य भएको उल्लेख गरे।
भेटमा मन्त्री अर्यालले देशमा शान्ति, अमनचयन र आपसी सहअस्तित्व कायम राख्न धार्मिक संघ(संस्थाको महत्त्वपूर्ण भूमिका रहेको बताए। एक अर्काको धार्मिक आस्था र विश्वासलाई स्वीकार र सम्मान गर्दै समाजमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र अमनचयन कायम गर्न सबै पक्ष सक्रिय हुनुपर्नेमा उनले जोड दिए।
छलफलका क्रममा सामाजिक सञ्जालमार्फत फैलाइने धार्मिक असहिष्णुता, भ्रामक खबर तथा गलत सूचनाप्रति पनि गम्भीर ध्यान दिनुपर्ने विषय उठाइएको थियो। मन्त्री अर्यालले यस्ता भ्रामक र उत्तेजक सामग्रीको नागरिकस्तरबाट प्रतिवाद गर्न र समाजमा सचेतना फैलाउन आग्रह गरेका छन्।
उनले धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सरकार, धार्मिक संघसंस्था र नागरिकबीच सहकार्य आवश्यक रहेको बताउँदै शान्ति सुरक्षामा कुनै पनि प्रकारको सम्झौता नहुने स्पष्ट पारे।
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले हलचोकस्थित सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको भदौ २८ गते विशेष निरीक्षण तथा अवलोकन गरेका छन् । विपद् व्यवस्थापन तथा...
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउन तयारी भइरहेको छ । सडकको ग्रेड मिलाउने काम भइरहेकाले केहीबेरमा खाली ग्यास बुलेट...
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारले पनि जनतामा आशा जगाउने काम गर्न नसकेको बताएका छन्। पार्टीको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन...
काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend