काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहित कुलमान घिसिङको उज्यालो नेपाल पार्टी र बालेन साहबीचको एकतालाई आज आज औपचारिकता दिन लागिएको छ । आज रास्वपाले एकता घोषणा सभा गर्दैछ ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन), उज्यालो नेपाल पार्टी तथा अन्य समूहबाट आएका नेता–कार्यकर्ताको व्यवस्थापनपछि रास्वपाले एकता घोषणा सभा गर्न लागेको हो । रास्वपामा दलितको पार्टी भनेर चिनिएको खगेन्द्र सुनार पनि मिसिएका छन् ।
रास्वपाले आइतबार जारी गरेको विज्ञप्तिअनुसार आज दिउँसो १ बजे काठमाडौँस्थित राष्ट्रियसभा गृहमा एकताको औपचारिक घोषणा गरिनेछ। उक्त सभामार्फत एकता प्रक्रियालाई पूर्णता दिइने र पार्टीको आगामी राजनीतिक कार्यदिशा सार्वजनिक गरिने रास्वपाले जनाएको छ ।
पार्टीका अनुसार पुस १३ र १४ गते रास्वपाले काठमाडौँ महानगरका मेयर बालेन साह तथा कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीसँग एकता गर्ने सहमति गरेको थियो ।
सोही सहमतिअनुसार आजको सभाबाट विभिन्न राजनीतिक समूह र स्वतन्त्र धारबीचको सहकार्य औपचारिक रूपमा अघि बढाइनेछ ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend