Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • रास्वपासहितका तीन पार्टीबीच आज औपचारिक रुपमा एकता हुने


    सोमबार, पुष २१ २०८२
    700
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहित कुलमान घिसिङको उज्यालो नेपाल पार्टी र बालेन साहबीचको एकतालाई आज आज औपचारिकता दिन लागिएको छ । आज रास्वपाले एकता घोषणा सभा गर्दैछ ।

    काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन), उज्यालो नेपाल पार्टी तथा अन्य समूहबाट आएका नेता–कार्यकर्ताको व्यवस्थापनपछि रास्वपाले एकता घोषणा सभा गर्न लागेको हो । रास्वपामा दलितको पार्टी भनेर चिनिएको खगेन्द्र सुनार पनि मिसिएका छन् ।

    रास्वपाले आइतबार जारी गरेको विज्ञप्तिअनुसार आज दिउँसो १ बजे काठमाडौँस्थित राष्ट्रियसभा गृहमा एकताको औपचारिक घोषणा गरिनेछ। उक्त सभामार्फत एकता प्रक्रियालाई पूर्णता दिइने र पार्टीको आगामी राजनीतिक कार्यदिशा सार्वजनिक गरिने रास्वपाले जनाएको छ ।

    पार्टीका अनुसार पुस १३ र १४ गते रास्वपाले काठमाडौँ महानगरका मेयर बालेन साह तथा कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीसँग एकता गर्ने सहमति गरेको थियो ।

    सोही सहमतिअनुसार आजको सभाबाट विभिन्न राजनीतिक समूह र स्वतन्त्र धारबीचको सहकार्य औपचारिक रूपमा अघि बढाइनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार