काठमाडौं । जेनजी आन्दोलनबाट गठन भएको सरकारका मन्त्रीको राजीनामा तिनै जेनजीले मागेका छन् । जेनजी मुभमेन्ट, नेपालले ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न माग गरेको छ । घिसिङमात्र होइन, प्रधानमन्त्री सुशीला कार्कीका सल्लाहकार गोविन्दनारायण तिमल्सिनालाई तत्काल बर्खास्त गर्न सरकारसँग माग गरेको छ।
सुशीला कार्कीको नेतृत्वमा रहेको सरकारका पदाधिकारीहरू खुलेआम राजनीतिक दलका गतिविधिमा संलग्न भएको आरोप लगाउँदै मुभमेन्टले सरकारको दलनिरपेक्ष चरित्रमाथि गम्भीर प्रश्न उठाएको हो ।
जेनजी मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा जारी विज्ञप्तिमा, आफूलाई नागरिक र दलनिरपेक्ष सरकारका रूपमा प्रस्तुत गर्ने सरकारले आफ्नै पदाधिकारीलाई पार्टीगत गतिविधिमा खुला रूपमा संलग्न हुन दिएको तथ्यले “यो सरकार वास्तवमा कसको हो ?” भन्ने प्रश्न नेपाली जनतामाझ गहिरिँदै गएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा भदौ २३ गते नवोदित पुस्ताले पवित्र उद्देश्यका साथ सुरु गरेको विद्रोहलाई भदौ २४ गते सुशीला कार्की नेतृत्वको समूहले ‘अपहरण’ गरी देशलाई अराजकतातर्फ धकेलेको आरोप लगाइएको छ। शीतल निवास, सर्वोच्च अदालत, सिंहदरबारलगायत संवेदनशील स्थानमा आगजनी, तोडफोड र हिंसात्मक गतिविधि हुँदा मुलुक राज्यविहीनताको खतरनाक अवस्थामा पुगेको दाबी गरिएको छ।
ऊर्जामन्त्री कुलमान घिसिङमाथि भारतसँग गरिएको विद्युत् सम्झौताका कारण नेपाललाई करिब ४३ करोड रुपैयाँ बराबरको आर्थिक घाटा पुर्याएको, नियमनकारी निकायको स्वीकृतिबेगर कमिसनको खेलमा संलग्न भई राज्यलाई गम्भीर नोक्सान पुर्याएको आरोप पनि लगाइएको छ। विज्ञप्तिमा यसलाई नीतिगत त्रुटि मात्र नभई ‘राज्यविरुद्धको आर्थिक अपराध’ को संज्ञा दिइएको छ।
जेनजी मुभमेन्टले घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता भइसकेको उल्लेख गर्दै कुनै पनि राजनीतिक संरक्षण नदिई निष्पक्ष छानबिन र कडा कानुनी कारबाही गर्न माग गरेको छ। दोषी ठहर भए उनलाई कालकोठरीमा राख्नुपर्ने मागसमेत गरिएको छ।
प्रवक्ता शाहले चेतावनी दिँदै भनेका छन्, ‘नागरिक सरकारको नाममा सत्ता कब्जा गर्ने, पदको दुरुपयोग गर्ने र भ्रष्टाचारलाई संरक्षण दिने कार्य अब सह्य हुने छैन। कुलमान घिसिङ र गोविन्द नारायणलाई तुरुन्त बर्खास्त नगरिए अझ सशक्त, संगठित र निर्णायक जनप्रतिरोध अघि बढाइनेछ।’
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend