काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ राजनीतिक दलहरूको दर्ता प्रक्रिया पूरा गरेका छन् । निर्वाचन आयोगले समानुपातिकतर्फको सूची बुझाउने सोमबार अन्तिम मिति तोकेको थियो ।
निर्वाचन आयोगका अनुसार मंगलबार बिहानसम्म समानुपातिकतर्फ कुल ६३ वटा राजनीतिक दल दर्ता भएका हुन् । नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका हुन् ।
नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिस्ट पार्टी माक्सवादी (पुष्पलाल), गतिशिल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी नेपाल, समावेशी समाजवादी पार्टी, समावेशी समाजवादी पार्टी नेपालले सूची बुझाएका छन् ।
त्यस्तै, नेपाल जनता संरक्षण पार्टी, नागरिक शक्ति नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, उन्नत लोकतन्त्र पार्टीसहितले सूची बुझाएका आयोगले जनाएको छ ।
नेपाली कांग्रेसले अहिलेसम्म आयोगमा पार्टीको समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन सकेको छैन ।
दर्ता भएका राजनीतिक दलहरूले ५८ वटा निर्वाचन चिह्न पाएका छन । जसमा ५४ वटा राजनीतिक दलहरूले आफ्नै निर्वाचन चिह्न प्रयोग गरेका छन्। अन्य १० वटा राजनीतिक दल भने एकल निर्वाचन चिह्नमा ४ वटा निर्वाचन चिह्न लिएर दर्ता भएका छन् ।
समानुपातिकतर्फ दल दर्ता गराउने क्रममा कुल ३ हजार ४ सय २४ जना उम्मेदवार रहेका छन् ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend