काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच एकता हुने भएको छ ।
चार बर्षअघि २०७८ मंसिर १९ गते राजेन्द्र लिङ्देनसँग राप्रपा अध्यक्षमा पराजीत भएपछि पार्टी बिभाजन गरी २०७८ फागुन ७ गते औपचारिक रुपमा राप्रपा नेपाल पार्टी घोषणा गरेका कमल थापा ४ बर्षपछि पुनः एकतामा आएका छन् । ४ बर्षपछि कमल थापा र लिङ्देनबीच एकता गर्ने सहमति भएको छ ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले एकतासम्बन्धी दस्तावेजमा बुधबार हस्ताक्षर गरेका छन् । दुवै दलबीच लामो समयदेखि चल्दै आएको एकतासम्बन्धी छलफलले अन्ततः औपचारिक रूप पाएको हो ।
सहमतिपछि जारी संयुक्त विज्ञप्तिमा देशको विद्यमान राजनीतिक अवस्थालाई ध्यानमा राख्दै राष्ट्रवादी शक्तिहरूलाई एकताबद्ध गर्नु समयको माग भएको उल्लेख गरिएको छ ।
एकताको औपचारिक घोषणा यही पुस १६ गते काठमाडौंस्थित राष्ट्रियसभागृहमा आयोजना हुने विशेष समारोहमार्फत गरिने जनाइएको छ ।
कार्यक्रममा दुवै दलका शीर्ष नेताहरू, केन्द्रीय सदस्य तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहनेछ ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend