काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच एकता हुने भएको छ ।
चार बर्षअघि २०७८ मंसिर १९ गते राजेन्द्र लिङ्देनसँग राप्रपा अध्यक्षमा पराजीत भएपछि पार्टी बिभाजन गरी २०७८ फागुन ७ गते औपचारिक रुपमा राप्रपा नेपाल पार्टी घोषणा गरेका कमल थापा ४ बर्षपछि पुनः एकतामा आएका छन् । ४ बर्षपछि कमल थापा र लिङ्देनबीच एकता गर्ने सहमति भएको छ ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले एकतासम्बन्धी दस्तावेजमा बुधबार हस्ताक्षर गरेका छन् । दुवै दलबीच लामो समयदेखि चल्दै आएको एकतासम्बन्धी छलफलले अन्ततः औपचारिक रूप पाएको हो ।
सहमतिपछि जारी संयुक्त विज्ञप्तिमा देशको विद्यमान राजनीतिक अवस्थालाई ध्यानमा राख्दै राष्ट्रवादी शक्तिहरूलाई एकताबद्ध गर्नु समयको माग भएको उल्लेख गरिएको छ ।
एकताको औपचारिक घोषणा यही पुस १६ गते काठमाडौंस्थित राष्ट्रियसभागृहमा आयोजना हुने विशेष समारोहमार्फत गरिने जनाइएको छ ।
कार्यक्रममा दुवै दलका शीर्ष नेताहरू, केन्द्रीय सदस्य तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहनेछ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend