काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले जारी आन्दोलनको अग्रमोर्चामा दृढताका साथ खडा हुँदै गर्दा केही सञ्चारमाध्यममा राप्रपा, राप्रपाको नेतृत्व र समग्र आन्दोलनलाई निष्प्रभावी एवं भ्रम पार्नेगरी समाचार सम्प्रेषित नगर्न आग्रह गरेको छ ।
मंगलबार बसेको बैठकले राप्रपा जारी आन्दोलनलाई निश्कर्षमा र्पुयाउन पूर्ण प्रतिबद्ध रहेको र निरन्तर आन्दोलनको अग्रभागमा रहने निर्णय गरेको छ । यस्ता कपोलकल्पित समाचारबाट कोही भ्रममा नपर्न समेत राप्रपाले आग्रह गरेको छ । पार्टी र नेतृत्वबारे सञ्चारमाध्यम वा सामाजिक सञ्जालमा छरिने वा छरिएका सबैखाले भ्रमको सामूहिक प्रतिवाद गर्न राप्रपाले सम्पूर्ण पार्टी पंक्तिलाई आह्वान गरेको छ ।
साथै, अनर्गल भ्रम छर्ने कार्यमा राप्रपाको कुनै पनि तहको नेता, कार्यकर्ता संलग्न भएको देखिएमा कडा अनुशासनको विषय बन्नेमात्र होइन कारबाहीको भागीदार समेत हुनुपर्ने कार्यसम्पादन बैठकले निर्णय गरेको पार्टीका प्रवक्ता एवं प्रचार बिभाग प्रमुख मोहनकुमार श्रेष्ठले जारी गरेको बिज्ञप्तिमा छ ।
स्वर्गबासी राजा बीरेन्द्र र दिवंगत राजपरिवारको सम्मान र सम्झनामा जेठ १९ गते साँझ कमलादी मन्दिरमा राजपरिवारको समेत उपस्थितिमा आम जनताले श्रद्धाञ्जली अर्पण र दीप प्रज्वलन गर्ने कार्यक्रममा नेकपा माओवादी केन्द्र निकट वाइसिएलबाट भएको अवरोधको प्रयासको राप्रपाले सशक्त विरोध गरेको छ ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना कार्यकर्तालाई हिंसा भड्काउन गर्नुभएको उक्साहटप्रति राप्रपाले खेद व्यक्त गरेको छ । यस्ता कार्य जारी रहेमा राप्रपाले आगामी दिनमा सशक्त प्रतिवाद गर्ने चेतावनी पनि दिएको छ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend