काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) ले कपनबाट पक्राउ गरेको छ ।
चौध बर्षअघि बबरमहलमा बम बिष्फोटमा संलग्न देवराज लामा उर्फ बिश्वक्रान्तिलाई प्रहरीले पक्राउ गरेको हो । ५० वर्षीय लामालाई मंगलबार पक्राउ गरेको हो । उनी पाँचथरमा विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका हुन ।
लामा २०६८ मा काठमाडौँको बबरमहलमा भएको बम विस्फोटमा संलग्न मुद्दामा जेलबाट छुटेका थिए । बबरमहल घटनामा कैद सजायको फैसला भएपछि नख्खु कारागारमा सजाय भुक्तान गरेर लामा २०७६ फागुन ७ मा प्रजातन्त्र दिवसको दिन छुटेका थिए ।
२०६९ असारमा पाँचथरको भूसपातेमा उनलाई प्रहरीले विस्फोटक पदार्थसहित पक्राउ गरेर काठमाडौँ पठाएको थियो ।
उनी विरुद्ध पाँचथरमा दर्ता भएको मुद्दा विचाराधीन अवस्थामा रहेको छ । कुमार, विश्वक्रान्ति, देवराजका नामले चिनिने राजकुमार लामालाई त्यही मुद्दामा सीआईबीले थप अनुसन्धानको लागि उनलाई पक्राउ गरी पाँचथर पठाएको छ ।
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ प्रहरी कर्मचारीलाई एक साताभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले मंगलबार सूचना जारी...
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend