काठमाडौं । नेकपा(एमाले)को जारी ११ औं महाधिवेशनको उम्मेदवारी दर्ता भइसकेको छ । अध्यक्ष केपी शर्मा ओली समूहले सोमबार दिनभर उम्मेदवारहरुको सूची मिलाउन खोजे पनि भागबण्डा पुर्याउन नसकेपछि कतिपय नेता संस्थापनइतर समूहतिर गएर उम्मेदवारी दिएका छन् । कतिपय ओली समूहका नेताले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
३ महिनाअघि ललितपुरको गोदावरीमा भएको बिधान महाधिवेशनमा पदाधिकारीदेखि केन्द्रीय कमिटीको संख्या घटाएका ओलीले आफ्नो समूहमा भागबण्डा पुर्याउन नसकेपछि फेरि बढाएका छन् । पदसंख्या बढाउँदा पनि ओलीले टीम मिलाउन नसकेपछि प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी नै दिन अस्वीकार गरेका छन् ।
महासचिवका आकांक्षी रहेका प्रदीप ज्ञवालीले उपाध्यक्ष पद अस्वीकार गर्दै केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिएका छन् । शंकर पोखरेललाई दोहेर्याएर महासचिवमा उम्मेदवार बनाएपछि ज्ञवाली रुष्ट भएका हुन् । एउटै पदमा दोहोरिनु नहुने मान्यतामा अडिग रहँदै ज्ञवालीले उपाध्यक्ष पद अस्वीकार गरेका छन् ।
प्रदीप ज्ञवालीले पोखरेललाई महासचिवको उम्मेदवार बनाएपछि बिद्रोह गरेका छन् भने ओलीका सदाबहार सहयोगी रहेका कृष्णगोपाल श्रेष्ठ इश्वर पोखरेलको समूहबाट सचिवका उम्मेदवार भएका छन् । ओलीको समूहका आनन्द पोखरेल र बैजनाथ चौधरीले उपमहासचिवमा उम्मेदवारी दिएका छन् । जेनजी आन्दोलन अघि ओली सरकारमा शिक्षामन्त्री रहेका रघुजी पन्तलाई नसमेटेपछि उनी पनि पोखरेल समूहबाट उपाध्यक्षका उम्मेदवार भएका छन् ।
ओलीलाई सुरुदेखि साथ दिंदैआएका गोकुल बाँस्कोटाले पोखरेल समूहबाट सचिवमा उम्मेदवारी दिएका छन् । ओलीकै निकट रहेका र लालबाबु पण्डितले सचिवमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
ओली प्रधानमन्त्री हुँदा महान्यायाधीवक्तादेखि कानुन मन्त्रीसम्म भएका अग्नि खरेलले पनि स्वतन्त्र रुपमा सचिवमा उम्मेदवारी दिएका छन् । उनले पार्टीमा समूहबन्दी हुँदा राम्रो नहुने बताउँदै स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् ।
राजेन्द्र गौतमलाई सचिवमा उम्मेदवार बनाएर पछि काटेपछि उनले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । ओली समूहभित्र एकपछि अर्को नेता कसैले पोखरेल समूहबाट त कसैले स्वतन्त्र उम्मेदवारी दिएपछि उक्त समूहमा तीव्र मतभेद उत्पन्न भएको छ ।
त्यसो त जेनजी पुस्ताको प्रतिनिधित्व गर्ने सुहाङ नृेम्वाङले पनि ओली समूहमा पर्न नसकेपछि स्वतन्त्र रुपमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।
लामो समयदेखि प्रेस चौतारीको नेतृत्व गर्दै ओलीको समूहलाई सहयोग गरेका राजेन्द्र अर्याल र गणेश बस्नेत पनि ओलीको टीममा अटाउन सकेनन् । उनीहरु दुबैले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend