काठमाडौं । नेकपा(एमाले)को ११ औं महाधिवेशनमा अतिथिका रुपमा शुभकामना दिनका लागि ठूला दलका शीर्षनेता कोही आएनन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि एमालेको महाधिवेशनमा शुभकामना दिन गएनन् ।
एमालेको महाधिवेशनको मञ्चमा भ्रष्टाचारको मुद्दा खेपिरहेकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ भने देखिइन् । मञ्चमा देखिएकीमात्र होइनन्, उनले महाधिवेशनको शुभकामना दिने क्रममा ओलीको प्रशंसामै अधिकांश समय खर्च गरिन् । एमाले महाधिवेशनको उदघाटनमा श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीको लामो प्रशंसा गरेकी छन् । भ्रष्टाचार मुद्दा लागेकी श्रेष्ठले ओली देशलाई अनिश्चयबाट बाहिर निकाल्ने नेता भएको बताइन् ।
पोखराको लिचीबारी जग्गा घोटालामा मुछिएकी पूर्वभूमिसुधार मन्त्री रञ्जिता श्रेष्ठलाई भ्रष्टाचारमा मुद्दा नचलाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले अख्तियारका पदाधिकारीलाई समेत दबाब दिएका थिए । तर लिचीबारी जग्गा घोटालामा उनको प्रत्यक्ष संलग्नता देखिएपछि अख्तियारले रञ्जिता श्रेष्ठविरुद्ध ७८ लाख रुपैयाँ बिगो र सजायको माग गर्दै २२ असोज, २०८२ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनको मुद्दाको टुंगो लागेको छैन । रञ्जिता श्रेष्ठलाई मुद्दा हालिएकोमा अख्तियारका पदाधिकारीसँग ओली आक्रोशित भएको स्रोतहरुको दाबी छ ।
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
ललितपुर । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले हरितालिका ‘तीज’ नेपाली महिलाको सांस्कृतिक धरोहर रहेको बताएका छन् । उनले आज शुभकामना सन्देश जारी गर्दै नेपाल विभिन्न...
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउन तयारी भइरहेको छ । सडकको ग्रेड मिलाउने काम भइरहेकाले केहीबेरमा खाली ग्यास बुलेट...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend