काठमाडौं । मुख्यसचिवका दाबेदारका रुपमा रहेका सचिव मधुसुदन बुर्लाकोटी मन्त्रालय नटेकी बिदा हुने तयारीमा छन् । कसैलाई खातैखात कसैलाई पुर्पुरामा हात भनेझैं बुर्लाकोटीलाई मन्त्रालयमा टेक्नै नदिने, अर्का सचिव मुकुन्द निरौलाले भने रोजीरोजी छानीछानी मन्त्रालयको जिम्मेवारी पाउँदैआएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठसँग सेटिङ मिलाएर निरौला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएको स्रोतको दाबी छ । स्रोतका अनुसार नेपाल वायुसेवा निगमको प्रमुख र पशुपति विकास कोषको सदस्य सचिव लगायतका नियुक्ति आदर्शले भनेका ब्यक्तिहरुलाई गर्ने सर्तमा उनलाई पर्यटनमा लगिएको हो ।
जेनजी आन्दोलनपछि गठित नागरिक सरकारले सुशासनका पक्षमा काम गर्ने र कर्मचारी प्रशासनमा पनि बिभेद नगर्ने, यसअघि दल नेतृत्वका सरकारले अन्याय गरेका कर्मचारीलाई न्याय दिने आशा गरिएको थियो । तर जेनजी आन्दोलनको भावनाबिपरीत दलहरुका सरकारका पालामा एकपछि अर्को मन्त्रालयमा रजगज गरेका सचिवहरुले नै झन् राम्रो मन्त्रालयको जिम्मा पाउन थालेका छन् । तर दलीय सरकारको कोपभाजनमा परेका बुर्लाकोटीजस्ता सचिवहरु सधैं अपमानित हुनुपरेको छ ।
५ बर्षे सचिवको कार्यकाल बिताएर केही महिनापछि बिदा हुने तयारीमा रहेका बुर्लाकोटीले बढुवा भएदेखि अहिलेसम्म ६ महिना पनि मन्त्रालयमा काम गर्ने अवसर पाएका छैनन् ।
भ्रष्टाचार बिरोधी छवि बनाएका र मन्त्री र बिचौलियाका स्वार्थअनुसार निर्णय नगर्ने हक्की स्वभावका बुर्लाकोटी नागरिक सरकारमा मुख्यसचिव नै हुनलायक पात्र थिए । यसका लागि उनले प्रधानमन्त्री सुशीला कार्की र केही मन्त्रीहरुलाई आफू मुख्यसचिव प्रशासन सुधारका खाका नै प्रस्तुत गरेका थिए । तर सुमन अर्याललाई ७ महिने मुख्यसचिवमा बढुवा गरी अवसर दिने सरकारको कार्यले गर्दा बुर्लाकोटी छायाँमा परे ।
अर्याल बढुवा भएपछि धेरैले बुर्लाकोटीले कुनै मन्त्रालयको प्रशासनिक नेतृत्व पाउने अपेक्षा गरेका थिए । तर उनलाई तथ्यांक कार्यालयमा सीमित गरियो । उनको ५ बर्षे कार्यकालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासनमा ३ महिना र बाणिज्य सचिवका रुपमा ३ महिनाबाहेक कुनै मन्त्रालयमा नेतृत्व गर्ने अवसर पाएनन् ।
तर, उनीभन्दा पछि सचिवमा बढुवा भएका, सहसचिव हुँदा पनि सधैं आकर्षक कार्यालय र मन्त्रालयमा मौका पाएका मुकुन्द निरौला भने केही महिना बागमती प्रदेशको प्रमुख सचिवबाहेक प्रायः एकपछि अर्को मन्त्रालय र कार्यालयको जिम्मेवारी पाउँदैआएका छन् ।
उद्योग सचिवका रुपमा १ बर्षभन्दा बढी समय काम गरेका उनले त्यहाँपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जाने अवसर पाए । सामान्यमा हुँदा कर्मचारी सरुवामा भित्र्याएको संस्थागत लेनदेनको बिकृति कर्मचारीहरुले बिर्सन सकेका छैनन् । उनी सामान्य सचिव हुँदा बिशेष गरी मधेश र काठमाडौं उपत्यकाका पालिकाकाप्रमुख प्रशासकीय अधिकृतहरु सरुवामा खुलेआम मोलतोलगरेको दृश्य जोकसैले भुल्न सक्दैन । दररेट नै तोकेर सरुवा गर्ने र निमित्त दिने प्रचलन स्थानीय तहमा चरम बेथिति सृजना भएको थियो । जुन अहिलेसम्म हट्न सकेको छैन ।
सामान्यमा हुँदा विवादैविवादमा परेका निरौलालाई तत्कालीन श्रम तथा रोजगार मन्त्री शरतसिंह भण्डारीले सेटिङका लागि रोजेरै लगेका थिए । १ सय कामदार पनि नपठाउने म्यानपावर कम्पनी नवीकरण गर्न नमिल्ने नियम हुँदाहुँदै निरौलाले अन्तिम पटक भन्दै दररेट असुलेर नवीकरण गरेका थिए । १ सय कामदार नपठाउने म्यानपावर कम्पनीहरुसँग करोडौं असुली गरेको उजुरी प्रधानमन्त्री कार्यालयमा परेपछि उनलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाइएको थियो ।
भ्रष्टाचार गर्नेले छाल गनेर पनि खान्छ भनेझैं खरिद अनुगमनमा ठूला टेण्डरमा प्रक्रिया नपुगेको, स्पेकमा मिलेमतो भएको कृत्रिम बखेडा निकालेर समेत कुस्त कमाउधन्दा संचालन गरेको आरोप छ ।
प्रदेशका मन्त्रालयमातहतबाट भएका ठेक्कामा समेत उनले चलखेल गरेको आरोप छ । देशभरको सार्वजनिक खरिदको नियमन गर्न गठित उक्त कार्यालयलाई निरौलाले कमाउअड्डाका रुपमा परिणत गरेको आरोप छ । चालु आर्थिक बर्षको नेपाल प्रहरीको ठेक्कामा भएको अनियमितताको उजुरीमा समेत ठेकेदारहरुसँग सेटिङ गरेको आरोप उनीमाथि छ । ठेक्कामा अनियमितता भएको उजुरीमा निरौलाले एक्सन नलिई केही नभएको भन्दै सामसुम पारी लाभ लिएको आरोप छ । जुन ठेक्का गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनपछि रद्द भइसकेको छ ।
कारबाही गर्नुपर्ने सचिव निरौलाले उल्टै प्रधानमन्त्री सुशीला कार्कीलाई भेगीय नाता लगाएर अर्को आकर्षक पर्यटन मन्त्रालयको नेतृत्व गर्ने अवसर पाएका छन् । उनी आइतबार बहाली गर्र्ने साइत जुराएका छन् । निवर्तमान पर्यटन सचिव हरिप्रसाद मैनाली निरौलाको ठाउँमा पुगेका छन् ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend