Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • आज एनपीएलमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै


    शुक्रबार, मंसिर १९ २०८२
    510
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।

    त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल अपराह्न ४ बजे सुरु हुनेछ । ६ खेलबाट ६ अंक जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न आजको खेल जित्नै पर्ने दबाब छ । तालिकाको चौथो स्थानको लुम्बिनीले ६ खेल खेल्दा तीन जित र तीन हारसहित ६ अंक नै जोडेको छ ।

    शुक्रबारको एकमात्र खेलमा साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध जित निकाले लुम्बिनी प्रतियोगिताको प्लेअफ पुग्ने चौथो टिम बन्नेछ । लुम्बिनीले हार व्यहोरेमा तालिकाको चौथो हुने टिमले ६ अंकसहित प्लेअफमा स्थान बनाउनेछ ।

    पाँचौँ र छैटौँ स्थानमा क्रमशः रहेका पोखरा एभेन्जर्स र चितवन राइनोजले समान चार अंक जोडेको छन । यी दुवै टिमलाई बिहीबारको हार महंगो बन्यो ।

    लिग चरणको आफ्नो अन्तिम खेलमा पोखराले चितवनविरुद्ध नै खेल्ने तालिका छ । यदि, शुक्रबारको खेलमा लुम्बिनी पराजित भए चितवन र पोखराबीचको खेलमा जित निकाल्ने टिम प्लेअफ पुग्ने सम्भावना प्रवल छ ।

    तालिकाको सातौँ स्थानमा रहे पनि कर्णाली भने प्रतियोगिताको प्लेअफ समीकरणबाट बाहिरिसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार