काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल अपराह्न ४ बजे सुरु हुनेछ । ६ खेलबाट ६ अंक जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न आजको खेल जित्नै पर्ने दबाब छ । तालिकाको चौथो स्थानको लुम्बिनीले ६ खेल खेल्दा तीन जित र तीन हारसहित ६ अंक नै जोडेको छ ।
शुक्रबारको एकमात्र खेलमा साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध जित निकाले लुम्बिनी प्रतियोगिताको प्लेअफ पुग्ने चौथो टिम बन्नेछ । लुम्बिनीले हार व्यहोरेमा तालिकाको चौथो हुने टिमले ६ अंकसहित प्लेअफमा स्थान बनाउनेछ ।
पाँचौँ र छैटौँ स्थानमा क्रमशः रहेका पोखरा एभेन्जर्स र चितवन राइनोजले समान चार अंक जोडेको छन । यी दुवै टिमलाई बिहीबारको हार महंगो बन्यो ।
लिग चरणको आफ्नो अन्तिम खेलमा पोखराले चितवनविरुद्ध नै खेल्ने तालिका छ । यदि, शुक्रबारको खेलमा लुम्बिनी पराजित भए चितवन र पोखराबीचको खेलमा जित निकाल्ने टिम प्लेअफ पुग्ने सम्भावना प्रवल छ ।
तालिकाको सातौँ स्थानमा रहे पनि कर्णाली भने प्रतियोगिताको प्लेअफ समीकरणबाट बाहिरिसकेको छ ।
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ । प्रधानमन्त्री...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend