काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीेको सचिवालयमा राखिएका १४ जना कर्मचारी हटाइएका छन् ।
प्रधानमन्त्रीको सचिवालयमा २० जना राखिएकोमा १४ जनालाई हटाइएको छ । प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठले उनकी श्रीमती संगीता श्रेष्ठसहित आफन्त प्रधानमन्त्री सचिवालयमा राखेको समाचार बाहिरिएपछि १४ जनालाई हटाइएको छ ।
अब प्रधानमन्त्रीको सचिवालयमा मुख्य सल्लाहकार १, जनसम्पर्क सल्लाहकार १, प्रमुख स्वकीय सचिव १, प्रेस संयोजक १, स्वकीय शाखा अधिकृत (फोटोग्राफर) १ र जनस्वास्थ्य विज्ञ (अवैतनिक) १ गरी जम्मा ६ जनामा सीमित भएको छ ।
बाँकी सबै पदको नियुक्ति आगामी मंसिर ११ गतेदेखि लागू हुनेगरी खारेज भएको छ । यसअघि प्रधानमन्त्री कार्कीले २० जना सचिवालय बनाएर काम गरेकी थिइन् ।
पछिल्लो पटक सचिवालयमा निकटवर्तीहरूलाई नियुक्त दिएको विषय बाहिरिएपछि विवाद भएको थियो । १४ जना हटाए पनि प्रधानमन्त्रीको सचिवालयबाट सर्वाधिक विवादमा आएका आदर्श श्रेष्ठलाई भने यथावत राखिएको छ ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend