Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • धादिङका एसपी रिजाल तीन महिनामै खेदिए, अर्का विवादितको सरुवा


    शुक्रबार, मंसिर ५ २०८२
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जिल्ला प्रहरी कार्यालय धादिङका एसपी भेषराज रिजाललाई ३ महिनामै सरुवा गरिएको छ । उनलाई मधेश प्रदेश प्रहरी कार्यालयमा पठाइएको छ ।

    धादिङमा एसपी सुमित खड्कालाई खटाइएको छ । एसपी रिजाल गएको साउन २७ गते धादिङ सरुवा भएका थिए ।

    पछिल्लो समयमा धादिङका प्रमुख जिल्ला अधिकारी बिजयराज सुवेदीसँग एसपी रिजालको सम्बन्ध राम्रो थिएन । प्रजिअ र एसपीबीचको खटपटकै कारण गृहमन्त्रालयले एसपी रिजाललाई मधेश प्रदेशमा पठाएको छ ।

    धादिङमा सरुवा भएका एसपी सुमित खड्का प्रहरी बृत्त दरबारमार्ग र गौशालामा हुँदा असुलीमा विवादमा परेका थिए । उनी पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको भनसुनमा धादिङमा सरुवा भएको स्रोत बताउँछ ।

    खड्का भट्टराई प्रधानमन्त्री हुँदा उनका पीएसओ थिए । वर्तमान सरकारमा डा. भट्टराईको सिफारिस अनुसार काम हुने गरेको दृष्टान्त एसपी खड्काको सरुवालाई लिन सकिन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार