काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष योगेश भट्टराईले मधेश प्रदेशको संसदीय फाँटमा नेकपा (एमाले)लाई ठूलो धक्का लागेको बताएका छन् । मधेशमा पार्टीको सार्वजनिक छविमा गम्भीर प्रश्न उठेको र प्रदेश प्रमुखको बर्खास्तीदेखि सभामुख पदमुक्त हुनुको गम्भीर समीक्षा हुनुपर्ने भएको उल्लेख गरेका छन् ।
मधेसमा एमालेलाई पहिलो पार्टी बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले खेलेको भूमिकाको सराहना गर्दै सचिव भट्टराईले स्वयं पार्टी अध्यक्षले गर्नुभएको मेहनतमाथि किन, कसले र केका लागि खेलवाड़ गरियो ? भन्ने प्रश्न गरेका छन् ।
सामाजिक संजालमा उनले लेखेका छन्–‘मधेश प्रदेशको संसदीय २०७२ साल असोज ३ गते तत्कालीन संविधानसभाले नेपालको संविधान जारी गरेपछिका केही बर्ष मधेस प्रदेशमा नेकपा (एमाले) का लागि कठिनमय रह्यो । एमालेमाथि विभिन्न शक्तिहरूले धावा बोले । पार्टीका नेता तथा कार्यकर्तालाई निशाना साँधियो ।
पार्टी कार्यालय लगायत व्यक्तिका भौतिक सम्पत्तिमाथि पटक–पटक आक्रमण गरियो । सिंगो पार्टी र विशेष गरी मधेसमा रहेको पार्टी नेतृत्व, कार्यकर्ता र शुभेच्छुकहरूको अथक मेहनत तथा अठोटका कारण गएको संसदीय र स्थानीय निर्वाचनमा मधेस प्रदेशमा पार्टीले उल्लेख्य प्रगति गर्यो ।
नेकपा(एमाले)ले आफूलाई पुनस्र्थापित गर्यों । प्रतिनिधिसभाको प्रत्यक्षमा १० सिट र प्रदेशसभामा २५ सिटसहित एमाले पहिलो पार्टी बन्यो । अन्तिम बेलामा प्रभु साहजीले घात नगरेको भए र उम्मेदवार छनोटमा अली ध्यान पुरयाउन सकेको भए परिणाम अझ राम्रो हुने थियो ।
मधेसमा पार्टीले प्राप्त गरेको यो उपलब्धिको मुख्य श्रेय पार्टी अध्यक्ष केपी ओलीलाई नै जान्छ । उहाँले मसिनो ढंगले मधेसको कामको व्यवस्थापन तथा ब्यक्ति–व्यक्तिको खटन–पटन गर्नुभएको थियो । पार्टी सचिव रघुवीर महासेठ, अन्य केन्द्रीय नेताहरू लगायत तहगत कमिटीको समेत भूमिका रहेको कुरा अवगत नै छ ।
यसबीचमा मैले करिब १५ महिना मधेस प्रदेशको इन्चार्जको भूमिका निर्वाह गरँे । त्यस अवधिमा आगामी निर्वाचनमा अझ राम्रो परिणाम ल्याउन मूलतः संगठन व्यवस्थापनको काममा केन्द्रित भएका थियौं । प्रदेश अधिवेशन, जिल्ला अधिवेशन, सदस्यताको व्यवस्थापन, जानसंगठनको व्यवस्थापन लगायतमा राम्रो प्रगति भएको कुरा स्वयं पार्टी अध्यक्ष र महासचिवका प्रतिवेदनमा लेखिएको छ ।
मधेसमा रहेको जातीय विभेद, महिला हिंसा, दलित समुदायप्रतिको विभेदकारी व्यवहार तथा वर्गीय उत्पीडनका विरुद्ध सामाजिक न्याय र समानताको आन्दोलनमा नेकपा (एमाले)ले गरेको वैचारिक नेतृत्व, सरकारमा रहेर भौतिक पूर्वाधारको विकास तथा मानव संशाधनमा पार्टीले गरेको योगदान, हिमाल, पहाड़ र तराई–मधेसको भौगोलिक तथा सामाजिक एकताका लागि नेकपा एमालेले निर्माण गरेको जागरण नै मधेसमा पार्टीको जनआधार बिस्तारमा मुख्य पक्ष हुन् भने अर्कोतिर भूमिगतकालमा समेत मधेसका आधारभूत वर्गको बलियो समर्थन पार्टीका पक्षमा रहेको थियो । त्यतिबेला जनतासँग एकाकार भएर पार्टी निर्माणमा नेतृत्व गर्ने ईश्वर पोखरेललगायतका नेताहरूलाई यसको श्रेय जान्छ ।
आज मधेश प्रदेशको संसदीय फाँटमा नेकपा (एमाले)लाई ठुलो धक्का लागेको छ । पार्टीको सार्वजनिक छबिमा गम्भीर प्रश्न उठेका छन । प्रदेश प्रमुखको बर्खास्ती भएको छ । सभामुख पदमुक्त हुनुभएको छ(यद्यपि यसको संबैधानिक तथा संसदीय प्रक्रियाको न्यायिक परीक्षण हुनेनै छ) । मुख्यमन्त्री पद अदालतको कठघरामा छ । राजनीतिक रूपमा हामी एक्लिएका छौं । पार्टीभित्र अन्तरबिरोध तिब्र बनेको छ । यो सबै किन र कस्का कारणले भयो ?
मधेसमा स्वयं पार्टी अध्यक्षले गर्नुभएको मेहनतमाथि किन, कसले र केका लागि खेलवाड़ गरियो ? यी तमाम विषयमा गम्भीर समीक्षा हुनुपर्दछ । सोसल अडिटमा हाम्रो पार्टीको अवस्था कस्तो छ ? पार्टीको जनआधार बिस्तार गर्न, आन्तरिक एकतालाई सुदृढ़ गर्न, पार्टीको सामाजिक छविलाई सुधार गर्न मधेसमा नयाँ जिम्मेवारीका साथ जानुपर्दछ । यस विषयमा गम्भीर भएर बिचार गर्न पार्टी अध्यक्ष कमरेडलाई निवेदन गर्दछु ।’
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend