Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • पेट्रोलियम पदार्थको मूल्यबृद्धि


    शनिबार, कार्तिक २९ २०८२
    955
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको छ । निगमका अनुसार, पेट्रोलमा २ र डिजेलमा ३ रुपैयाँका दरले मूल्य बढाइएको छ ।

    बढेको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।

    इन्डियन आयल कर्पोरेसन वाटबाट पेट्रोलमा २ रुपैयाँ ४५ पैसा र डिजेलमा ६ रुपैयाँ ५३ पैसा बढेर मूल्यसूची आएको निगमले जनाएको छ ।

    यसपटक पेट्रोलमा रु २.५४ र डिजलमा रु ६.५३ ले बढेर आएको भएता पनि उपभोक्ता वर्गको हितलाई ध्यानमा राखी मूल्य स्थीर गर्ने गरी पेट्रोलमा रु २ र डिजलमा रु ३ ले मात्र मूल्यवृद्धि गरिएको निगमले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार