Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • राजदूत चन्द्रकुमार घिमिरेले दिए राजीनामा


    बिहिबार, कार्तिक २० २०८२
    620
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। राजदूत चन्द्रकुमार घिमिरेले राजीनामा दिएका छन्। सरकारले ११ देशका राजदूतलाई परराष्ट्र मन्त्रालयमा उपस्थित हुन निर्देशन दिएलगत्तै संयुक्त अधिराज्य (यूके) का लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले पदबाट राजीनामा दिएका हुन्।

    उनले आफ्नो फेसबुकमा बुधबार यूकेलाई बिदा गरेको र यसक्रममा आफूप्रति देखाएको सम्मानप्रति आभार रहेको लेखेका छन्।

    सरकारले सोमबारमात्रै ११ मुलुकका राजदूतावासहरूमा पत्राचार गरेर राजदूत फिर्ता हुन भनेको थियो। चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रसिया, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य , जापान र संयुक्त राज्य अमेरिकाका राजदूतलाई सरकारले परराष्ट्रमन्त्रालयमै कामकाज गर्ने गरी फिर्ता हुन भनेको थियो।

    उनीहरूलाई कात्तिक २० गतेभित्र मन्त्रालयमा सम्पर्क गर्न पनि भनिएको थियो।

    पत्रमा राजदूतहरू नेपाल फर्केपछि सम्बन्धित नियोगमा उपनियोग प्रमुखले कार्यवाहक राजदूत भई कामकाज गर्ने सम्बन्धी निर्णय गर्न पनि भनिएको थियो।

    सर्वोच्च अदालतको संयुक्त इजलासले आइतबारमात्र राजदूतहरू फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सो आदेशको विषयमा सोमबार मन्त्रिपरिषद्‌मा छलफल हुँदा अन्तरिम आदेश बमोजिम थमौतीको पत्र नपठाउने अनौपचारिक निर्णय गरिएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार