Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • मेयर बालेनविरुद्ध युवा संघले दियो साइबर ब्युरोमा उजुरी


    बिहिबार, कार्तिक २० २०८२
    940
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमाले निकट युवा संघले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ९बालेन० विरुद्ध उजुरी दिएको छ ।

    युवा संघका नेताहरू साइबर ब्युरो पुगेर बालेनविरुद्ध उजुरी दिएका हुन् ।

    बालेनले लेखेको स्ट्याटसले राजनीतिक दलहरूको मानमर्दन गरेको भन्दै युवा संघले उजुरी दिएको हो ।

    साइबर ब्युरो स्रोतका अनुसार, बालेनविरुद्ध उजुरी परेको छ । यद्यपि उक्त उजुरी दर्ताको प्रक्रियामै रहेको साइबर ब्युरोका प्रवक्ता दिपक राज अवस्थीले बताए ।

    मेयर शाहले यही १६ कात्तिक मध्यराति आपत्तिजनक शब्दसहित एक स्ट्याटस लेखेका थिए । उनले उक्त स्ट्याटस केहीबेरमै पेजबाट हटाएका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार