काठमाडौँ। नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले ओरालो लागेकाहरूको एकताले निकास दिन नसक्ने बताएका छन् ।
कमजोर र ओरालो लागेकाहरूको एकताले उकालो लागिन्छ भन्ने भाष्य बनाउन खोजिएको बताउँदै यसले निकास दिन नसक्ने निष्कर्ष उनले सुनाए ।
बुधबार राजधानीमा एक पत्रकार सम्मेलन आयोजना गर्दै उनले पछिल्लो पटक पार्टीले नेकपा माओवादी केन्द्र लगायतसँग गर्न लागेको एकताप्रति आपत्ति जनाउँदै यस्तो बताएका हुन्।
‘संकटमोचन गर्ने फर्मुला जुन तयार भएको छ । यो गलत छ,’ भुसालले भने, ‘कमजोरहरू, ओरालो लागेकाको एकताले उकालो लागिन्छ भन्ने भाष्य बनाउन खोजिँदैन, जो आफैँ ओरालो हिँड्दै छन् । त्यसले निकास दिँदैन ।’
एमाले विभाजन गरेर एकीकृत समाजवादी बनाउँदा समाजवादको जिम्मेवारी आफूहरूले लिएको स्मरण गर्दै अहिले त्यो उद्देश्य कहाँ पुग्यो रु भनेर प्रश्न गरे ।
‘नेकपा एकीकृत समाजवादी नेकपा एमाले विद्रोह गरेर छुट्टिएको थियो । विभाजित हुँदा समयले हाम्रो काँधमा समाजवादको जिम्मा दियो भनेका थियौँ । त्यो के भयो?’ भुसालले सोधेका छन्, ‘त्यो पुनर्गठन र रूपान्तरणमा हामीले के गर्यौँ, गरेनौँ भनेर सामान्य समीक्षा समेत नगरेर फेरि त्यहाँ लगेर बुझाउनु भनेको के हो?’
उनले अहिले हुन लागेको एकताले जनतालाई झुट बोल्ने र धोका दिने काम मात्रै हुने जिकिर गरे ।
‘एकताका लागि बनेको भनेको दस्ताबेज हेरेँ, पढेँ । मुलुकमा आएको यत्रो दबाब, परिवर्तनलाई समेत सामान्य पनि ख्याल नगरी जुन बनाइएको छ, अहिलेको एकताले त्यसलाई बोल्दैन, यस्तो एकताले जनतालाई झुक्क्याउने, झुट बोल्ने मात्रै हुन्छ,’ भुसालले भने ।
काठमाडौ । गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ। प्रधानमन्त्री वालेन्द्र...
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend