Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • आज माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ कम्युनिस्ट पार्टीहरू एक हुँदै


    बुधबार, कार्तिक १९ २०८२
    455
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका ९ वटा दल र समूहबीच आज एकता घोषणा हुँदैछ । एकतामा सहभागी दलहरूले आज दिउँसो १ बजे भृकुटीमण्डपमा सभा गरेर एकता घोषणा गर्न तय भएको छ ।

    माओवादी केन्द्र, एकीकृत समाजवादी, जन समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, विप्लवबाट छुट्टिएको नेकपा, नेकपा समाजवादी, नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादीबीच एकता हुन लागेको हो । गोपाल किराँती भने माओवादीसँगै मिसिएर एकतामा सहभागी भएका छन् ।

    एकतापछि पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी राख्ने सहमति भएको छ । चुनाव चिह्न तारा प्रस्ताव गरिएको छ । माओवादीबाट जनार्दन शर्मा र राम कार्की लगायतका नेताहरू बाहिरिएका छन् भने एकीकृत समाजवादीबाट पूर्व प्रधानमन्त्री झलनाथ खनाल, घनश्याम भूसाल, रामकुमारी झाँक्रीलगायतका नेताहरू बाहिरिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार