काठमाडौं । नेकपा(एमाले)का सचिव योगेश भट्टराईले नेकपा एकीकृत समाजवादीबाट एमालेमा समाहित हुन लागेका नेता–कार्यकर्ताहरुलाई राष्ट्र र जनततालाई केन्द्रभागमा राख्न अपिल गरेका छन् ।
नेकपा समाजवादीका नेता–कार्यकर्ताहरुलाई स्वागत गर्दै उनले जनताको बहुदलीय जनवादप्रतिको प्रतिबद्धता नै एकताको मुख्य आधार भएको र अरू सबै तपशीलका विषय भएको स्मरण गराएका छन् ।
नीति र नेतृत्व स्वीकार गर्नुपर्ने शर्त पनि सुनिएको उल्लेख गर्दै भट्टराईले नीति र नेतृत्वलाई अस्वीकार गरेर सहकार्य कसरी हुन्छ र ? यो भनिरहनुपर्ने विषय नै होइन भन्दै सामाजिक संजालमा लेखेका छन्–अमूक नेतालाई जिताउनैपर्ने सर्त स्वीकार गरेर आउन लागेको हो भने पनि यहाँहरुकै विवेकको कुरा भएको गम्भीर सवाल पनि उठाएका छन् ।
रामकुमारी झाँक्री, कृष्णकुमार श्रेष्ठ(किसान) लगायतका नेताहरुलाई आगामी ११ औं महाधिवेशनमा केपी शर्मा ओलीलाई नै अध्यक्ष जिताउने पूर्वसर्त गराएर पार्टीमा प्रवेश गराइएको चर्चा भइरहेको बेला एमाले सचिव भट्टराईले यो बिषय समेत उठाएका छन् ।
भट्टराईले सामाजिक संजालमा लेखेका छन्– पार्टी अध्यक्ष, महासचिव लगायत हामी सबैले यहाँहरूलाई नेकपा एमालेमा समाहित हुन आह्वान गरिसकेका छौ । तपाईंहरुलाई स्वागत गर्न हामी तयार छौ ।
जनताको बहुदली जनवादप्रतिको प्रतिबद्धता नै हाम्रो एकताको मुख्य आधार हो । अरूसबै तपशीलका विषय हुन् ।
नीति र नेतृत्व स्वीकार गर्नुपर्ने शर्त पनि सुनियो । नीति र नेतृत्वलाई अस्वीकार गरेर सहकार्य कसरी हुन्छ र ? यो भनिरहनुपर्ने विषय नै होइन ।
जबज हाम्रो सिद्धान्त हो, नीति हो । तपाईं हाम्रो साझा प्रयत्नले यसलाई थप परिष्कृत र समृद्ध बनाउने हो ।
प्रतिस्पर्धाबाट छानिएको नेतृत्व हाम्रो एकताको आधार हो । पार्टीको ११ औं महाधिवेशनको मिति घोषित छ । महाधिवेशनपूर्व नीति र नेतृत्वको बहस गर्ने बैधानिक अभ्यास पाँचौं महाधिवेशनबाटै स्थापित गरिएको छ । यो पार्टी जीवनको लोकतान्त्रिकरणको महत्वपूर्ण आयाम पनि हो । अमूक नेतालाई जिताउनैपर्ने पूर्वसर्त स्वीकार गर्ने या नगर्ने यो यहाँहरूकै बिबेकको विषय हो । तर एमालेमा समाहित हुनु कुनै शर्तभन्दा पनि माथिको महत्वको सवाल हो ।
एमालेमा तपाईंहरूको सहभागिताबाट कुन नेतालाई फाइदा हुन्छ या हुन्न ? कुन नेताले जित्छ या हार्छ ? यो गौण हो । हामी चाहन्छौ हाम्रो सहकार्यले नेपाल राष्ट्रले जित्नुपर्छ, नेपाली जनाताले जित्नुपर्छ र नेकपा एमालेले जित्नुपर्छ । त्यसका खातिर हामी हजार पटक हार्न तयार छौं । स्वागत छ कमरेडहरू !

काठमाडौँ । सरकारले बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल आगामी असोजभित्र सञ्चालनमा ल्याउने गरी पुनस्स्थापनाको काम तीव्र बनाएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
ललितपुर । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले हरितालिका ‘तीज’ नेपाली महिलाको सांस्कृतिक धरोहर रहेको बताएका छन् । उनले आज शुभकामना सन्देश जारी गर्दै नेपाल विभिन्न...
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend