Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बहुविवाह कसुरमा एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ


    मंगलबार, कार्तिक १८ २०८२
    850
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य पासाङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई केहीबेरअघि धुम्बाराहीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    बहुविवाह गरेको कसुरमा शेर्पालाई १ वर्ष जेल सजाय र पाँच हजार रुपैयाँ जरिवाना गर्ने जिल्ला अदालत काठमाडौंको फैसला उच्च अदालतबाट पनि सदर भइसकेको छ ।

    शेर्पाकी श्रीमती करिश्मा खरेलले शेर्पा र उनकी अर्की श्रीमती पूजा परियारविरुद्ध जिल्ला अदालत काठमाडौंमा बहुविवाह मुद्दा दायर गरेकी थिइन् । जिल्ला अदालत काठमाडौंले २३ चैत २०७९ मा शेर्पालाई १ वर्ष जेल सजाय र पाँच हजार रुपैयाँ जरिवाना गर्ने आदेश दिएको थियो ।

    काठमाडौं जिल्ला अदालतले गरेको फैसला उच्च अदालत पाटनले पनि सदर गरेको हो । उच्च अदालत पाटनले १ बर्षअघि ६ असोज २०८१ मा जिल्ला अदालतको फैसला सदर गरेको थियो । अदालतबाट जेल संजायको फैसला भएका शेर्पालाई एमालेले भने कारबाही गरेको थिएन ।

    ३ दिनअघिको सचिवालय बैठकमा समेत एमाले अध्यक्ष ओलीले शेर्पालाई बहुविवाहमा संजाय हुने फैसला भएकोले निलम्बनको माग गर्दा त्यस्ता अरुको पनि भएको भन्दै सामान्यीकरण गरेका थिए ।

    शेर्पाकी श्रीमती करिश्मा खरेलले शेर्पा र उनकी अर्की श्रीमती पूजा परियारविरुद्ध जिल्ला अदालत काठमाडौंमा बहुविवाह मुद्दा दायर गरेकी थिइन् । सो मुद्दामा जिल्ला अदालतले पासाङ शेर्पा र करिश्मा खरेलबीच २९ असार २०६२ मा र पासाङ शेर्पा र पूजा परियारबीच २८ मंसिर २०६३ मा विवाह भएको ठहर गरेको छ ।

    जिल्लाको फैसलामा भनिएको छ, ‘पासाङ शेर्पाले निजकी पत्नी यी जाहेरवालासँगको दाम्पत्य सम्बन्ध कायम रहेकै अवस्थामा पूजा परियारसँग विवाह गरी मुलुकी ऐन बिहेबारीको महलको ९ नम्बरको कसुर गरेको देखिँदा निजलाई ऐ. को दफा १० बमोजिम १ वर्ष कैद र रु। ५ हजार जरिवाना हुने ठहर्छ ।’

    शेर्पासँग विवाह गरेकी पूजा परियारको हकमा भने जिल्ला अदालतले सफाइ दिएको थियो । उच्च अदालत पाटनले पनि उक्त फैसला सदर गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार