Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • वैशाख २७-३० मा महाधिवेशन गर्न कांग्रेस संस्थापन पक्षको प्रस्ताव 


    मंगलबार, कार्तिक १८ २०८२
    495
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले आगामी २७(३० वैशाख २०८२ मा १५औँ नियमित महाधिवेशन गर्न प्रस्ताव गरेको छ ।

    ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा सहमहामन्त्री महेन्द्र यादवले वैशाख अन्तिम साता महाधिवेशन सम्पन्न गर्ने लिखित प्रस्ताव पेस गरेका हुन् ।

    यसअघि महामन्त्री गगन थापाले १६-१९ पुस २०८२ भित्रै महाधिवेशन गरिसक्नुपर्ने अडान राखेका थिए । दुवै पक्ष महाधिवेशन नियमित रूपमै गर्नेमा एकमत छन्, तर मिति निर्धारणमा मतभेद कायम छ । बैठकमा छलफल जारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार