Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पटक-पटक स्थगित हुँदै आएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु


    मंगलबार, कार्तिक १८ २०८२
    810
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । महाधिवेशन मितिमा विवाद हुँदा पटक–पटक स्थगित हुँदै आएको उक्त बैठक आजदेखि बस्न सुरु भएको हो।

    बैठक केन्द्रीय कार्यालय सानेपामा २८ असोजदेखि सुरु भएको थियो । महाधिवेशन मितिमा विवाद हुँदा शुक्रबार देखि बस्न नसकेको थिएन।

    बैठकमा १५ औं महाधिवेशनको मितिबारे छलफल हुने नेताहरुले बताएका छन् । महाधिवेशन २१ फागुनको चुनाव अघि गर्ने कि पछि गर्ने भन्नेमा कुरा मिलेको छैन ।

    महाधिवेशन चुनावअघि र वा पछि गर्ने विषयमा सहमति जुट्न नसक्दा केन्द्रीय समितिको बैठक आव्हान गर्ने र स्थागित हुँदै आएको थियो । शीर्ष तहका नेताहरुको शनिबार देखि निरन्तर बैठक बसेपनि महाधिवशेनका लागि साझा प्रस्ताव भने सहमति जुट्न सकेन । आज बसेको बैठकमा महामन्त्री गगन थापा चुनाव अघि महाविशेन गर्ने गरी प्रस्ताव लाने तयारीमा छन्

    अर्कोतर्फ, संस्थापन पक्षबाट चुनाव पछि महाधिवशेन हुने गरी कार्यतालिका पेश गर्ने तयारी गरेको नेताहरुले जानकारी गराएका छन् ।

    सहमतिको प्रयास स्वरुप गत शुक्रबार र आइतबारका लागि तोकिएका केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित गरिएको थियो ।

    आजको बैठकमा महामन्त्री गगन कुमार थापा र संस्थापन पक्ष दुवैतर्फबाट महाधिवेशनको अलग–अलग कार्यतालिका पेश गर्ने तयारी छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार