Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • कार्यवाहक सभापतिको ३ बुँदे प्रतिबद्धतापछि खुल्यो कांग्रेस मुख्यालयको ताला


    मंगलबार, कार्तिक १८ २०८२
    620
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयको मूल गेटमा लगाइएको ताला खुलेको छ । युवा विद्यार्थीहरूले विभिन्न माग राख्दै मुख्य गेटमा लगाएको ताला कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तीन बुँदे प्रतिबद्धता जनाएपछि खोलिएको हो ।9

    आज दिउँसो १ बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको थियो । केन्द्रीय समिति बैठकअघि उनीहरुले आफैले ताला खोलेका हुन् ।

    ताला लगाउने कार्यको नेतृत्व गरेका युवा नेता शिव रिमालले कार्यवाहक सभापतिले आफुहरुको माग सम्बोधन गर्न तीन बुँदे प्रतिवद्धता जनाएपछि गेटमा लगाइएको ताला खोलिएको जानकारी दिए ।

    यस्ता छन् कार्यवाहक सभापति खड्काले प्रतिबद्धता जनाएका तीन बिषय

    १. १५ औँ महाधिवेशनको मिति तोक्नेः नेपाली कांग्रेसको चालू केन्द्रीय समितिको बैठकले पार्टीको १५ औँ महाधिवेशनको मिति तोक्ने।

    २.क्रियाशील सदस्यताको विवरण सार्वजनिकः विगत चार वर्षभित्र क्रियाशील सदस्यता नवीकरणको प्रगति विवरण सार्वजनिक गरी नेपाली कांग्रेसको वेबसाइटमा राख्ने।

    ३. युवाको माग सम्बोधनः ४० वर्ष मुनिका ४० प्रतिशत युवा सहभागिताको माग सुनिश्चितताका लागि केन्द्रीय समितिको विधानमा परिमार्जन आवश्यक भएकोले बृहत्तर नेपाली कांग्रेस पार्टीको विधानमा छलफल गरी माग सम्बोधन गर्न प्रतिबद्धता जनाउने

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार