काठमाडौं । एक लाख भन्दा बढी सैनिका लागि आवश्यक पर्ने बुट(जुत्ता) नेपालमै उत्पादन गर्नका लागि नेपाली सेनाले आफ्नै उद्योग खोलेको छ । आर्थिक बर्ष २०७८–०७९ मा सैनिक कल्याणकारी कोषको १४ करोड रुपैयाँको लगानीमा काठमाडौंको सुन्दरीजलमा जुत्ता कारखाना स्थापना गरिएको थियो । करिब ६५ जना जनशक्तिलाई अमेरिकी कम्पनीबाट ल्याएर उत्पादन, गुणस्तर र प्रणालीको बारेमा तालिम दिएर बुट उत्पादन गर्न सुरु गरिएको थियो ।
स्वदेशी उत्पादन प्रयोग गर्ने उद्देश्यले सुरु गरिएको उक्त उद्योग अन्तर्राष्ट्रियस्तरको बुट उत्पादन गर्ने क्षमताको रहेको छ । तर उक्त कारखाना संचालन भएको ३ बर्षमै सेनाले आफ्नो उद्योगबाट उत्पादित बुट प्रयोग नगरी पुनः बोलपत्रमार्फत् सेटिङमा खरिद गर्न लागेको छ ।
सेटिङमा खरिद गर्दा हुने चलखेलकै कारण सेनाले १४ करोड लागतमा खोलेको उद्योग एक बर्षदेखि बुट उत्पादन नै नगरी बन्द गरिएको छ । नेपाली सेनाका प्रधानसेनापतिका रुपमा अशोकराज सिग्देलको नियुक्ति भएपछि उक्त जुत्ता कारखाना बन्द गरिएको हो । एक बर्षदेखि उक्त उद्योग बन्द त गरिएको छैन, तर पूर्ण क्षमतामा संचालन नगरी केही कर्मचारीमात्र राखिएको छ । बन्द नगरी आधामात्र कर्मचारी राखिएको छ ।
उद्योग स्थापना भई संचालनमा आएपछि करिब ६० हजार जोर बुट उत्पादन गरी सेनाले उक्त बुट प्रयोग गर्दैैआएका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका लागि समेत स्वदेशमै उत्पादन गरी आयात प्रतिस्थापन गर्ने नीति अन्तर्गत उक्त कारखाना तत्कालीन सेनापति प्रभुराम शर्माले स्थापना गरेका थिए ।
सेनाको मागपूर्ति गरी कारखानाको क्षमता अभिबृद्धि गर्दै क्रमशः प्रहरी र सशस्त्र प्रहरीलाई समेत पुग्ने बुट उत्पादन गर्नुपर्ने लक्ष्यलाई पूरा गर्ने कार्यमा अगाडि बढ्नुपर्ने सेनाको नेतृत्व कमिसनको चक्करमा पुरानै खरिद प्रक्रियामा फर्र्किन खोजेको आरोप लागेको छ । कारखाना औपचारिक रुपमा बन्द भएको घोषणा त गरिएको छैन तर बिभिन्न कारण देखाउँदै संचालन नगरी बिचौलिया यादव कुँवरमार्फत् सेटिङमा बुट र बन्दोबस्तीका सामान खरिद गर्न खोजिएको स्रोतको दाबी छ ।
नेपाली सेनाको बन्दोबस्तीका सामानहरु आफैं उत्पादन गर्दा लागत कम र गुणस्तर उत्कृष्ट हुने गरेकोमा सबै अवगत छन् । स्रोतका अनुसार यादव कुँवरलाई ब्यापारिक लाभ पुर्याउनका लागि सेनाले आफ्नो उद्योग संचालन नगरी सेटिङमा बुट लगायतका बन्दोबस्तीका सामान खरिद गर्ने तयारी गरेको छ । कुँवर प्रधानसेनापति अशोकराज सिग्देलका नाताले सम्धी पर्दछन् । सिग्देलका छोराको विवाह कुँवरकी छोरीसँग भएको हो ।
सिपाहीको गाँस काटेर कल्याणकारी कोषमा जम्मा भएको रकमबाट खोलिएको उद्योग संचालन नगरी आज एकातिर टेण्डर प्रक्रियाको नाममा बिदेशबाट जुत्ता आयात गर्दा नेपाली पूँजी बाहिरिने र अर्कोतर्फ गुणस्तरीय समेत नहुने समस्या देखिएकै सेनाले आफैं उत्पादन सुरु गरेको थियो । तर, नेतृत्व परिवर्तनसँगै देखिएको ब्यक्तिगत लाभहानीको चलखेलका कारण करोडौं लगानीमा खोलिएको उद्योग प्रयोजनहीन भएको छ ।
स्वदेशी उद्योगलाई प्रबद्र्धन गरी रोजगारी बृद्धि गर्ने लक्ष्यसहित जेनजी सरकार बनेको छ । रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले नै सम्हालेको अवस्था छ । पदमा नहुँदा भ्रष्टाचार नियन्त्रण र रोजगार अभावले य्ुवा पलायनका बारेमा चिन्ता प्रकट गर्ने सुशीला कार्की नै प्रधानमन्त्रीको कुर्सीमा हुँदा उनीमातहत संचालित करोडौं लगानीमा खोलिएको उद्योग संचालन गर्नका लागि कदम नचाल्नुले बोली र ब्यवहारमा फरक देखिएको छ ।
नेपाली सेनाका प्रवक्ता सहायकरथी राजाराम बस्नेतको प्रतिक्रिया यस्तो छ–‘बुट उत्पादन गर्ने सेनाको उद्योग बन्द भइसकेको छैन । संचालन भइरहेको छ । कच्चा पदार्थको उपलब्धताको बिषय आएको छ । कच्चापदार्थ आउने क्रम घटीबढी भइरहन्छ । कच्चा पदार्थको उपलब्धता अनुसार उत्पादन भइरहेको छ । बार्षिक खपत हुने बुटको संख्याको सवाल पनि छ । कुनै बर्ष एकदम बढी हुन्छ । बुटको खपत अवधि समाप्त भएपछि हामीले नयाँ बुट खरिद हुन्छ । खपत अवधिले गर्दा कुनै कुनै बर्ष बढी परिमाणमा बुट आवश्यक पर्छ ।’
दृष्टि साप्ताहिकबाट
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
काठमाडौं । काठमाडौं महानगरपालिका –३, बाँसबारीको कपनमार्गमा बसोबास गर्ने एक विमान चालक (पाइलट) बिनाअनुमति अन्य ठाउँबाट स्थानन्तरण गरिएको स्कूल उक्त ठाउँबाट हटाउन महाभारतको युद्ध...
दाङ जिल्लाको साविक श्रीगाउँ गाविस हालको दंगीशरण गाउँपालिकामा जन्मनुभएकी रोशनी नेपाली बादी चिकित्सा पेसामा आवद्ध हुनुहुन्छ । बुवा निर्मल नेपाली बादी सरकारी विद्यालयमा शिक्षक...
काठमाडौं । काठमाडौं महानगरपालिका–३ बासबारीको कपनमार्गमा समानता नामक स्कूल छिमेकीको स्वीकृति नलिई सञ्चालन गरिएको छ । स्थानीयहरुको बसोबासस्थल रहेको उक्त ठाउँमा स्कूलका कारण बस्न...
काठमाडौं । लेनदेनको विषय नमिल्दा बाँकेको नौबस्ता कारागार १७ गते शनिवार रणभूमिमा परिणत भएको छ । दर्जनौं कैदी घाइते भएका छन् केहीलाई अस्पतालमा लगिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend