काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय महाधिवेशन आयोजक समितिको बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकले हालै भएका वामपन्थी दलहरूसँगका एकता सहमतिको औपचारिक अनुमोदन गर्ने तयारी गरेको छ ।
माओवादी केन्द्रका नेताहरूका अनुसार, बैठकले एकीकृत समाजवादीसहितका दलहरूसँग भएको सहमति पत्रलाई संस्थागत रूप दिनेछ ।
गत कात्तिक १६ गते प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र), माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), जनसमाजवादी पार्टीका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव, नेकपा महासचिव चिरन पुन, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी र नेकपा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहबीच एकता सहमति पत्रमा हस्ताक्षर भएको थियो ।
त्यसको भोलिपल्ट गोपाल किराँती नेतृत्वको जनवादी शक्तिले पनि माओवादी केन्द्रसँग एकता गर्ने सहमति जनाएको थियो ।
यी सबै दलहरूबीचको एकता घोषणा आगामी कात्तिक १९ गते काठमाडौंको भृकुटीमण्डपमा हुने तय गरिएको छ । माओवादी केन्द्रले उक्त कार्यक्रमलाई ‘वाम शक्तिको ऐतिहासिक पुनर्गठन’का रूपमा तयारी गरिरहेको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend