Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • गोरखाको तातोपानीमा पहिरोका कारण अलपत्र परेकाहरुको सकुशल उद्दार


    मंगलबार, कार्तिक १८ २०८२
    795
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । गोरखा जिल्लाको धार्चे गाउँपालिका–३ स्थित तातोपानी इलाकामा अलपत्र परेकाहरुको नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ ।

    गोरखाको सामा गाउँबाट माछीखोलातर्फ आउँदै गरेका २० जना विदेशी र १५ जना नेपाली गरी ३५ जना पर्यटक पहिरोको कारण सोही ठाउँमा अलपत्र परेका थिए ।

    सो बारे जानकारी प्राप्त हुनासाथ नेपाली सेना र सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश आरुघाटबाट खटिएको टोलीले उनीहरुको उद्दार गरी माछीखोलातर्फ पठाएको छ । उद्दार गरिएकाहरुको अवस्था भने सामान्य रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार