Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • कांग्रेस संस्थापन समूहका केन्द्रीय सदस्यको भेला सुरु


    सोमबार, कार्तिक १७ २०८२
    445
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसको संस्थापन समूहको भेला सुरु भएको छ। काठमाडौँको नयाँ बानेश्वरस्थित आनन्दभूमि ब्यांक्वेटमा संस्थापन समूहका केन्द्रीय समितिको भेला सुरु भएको नेता गुरु बरालले जानकारी दिए।

    उनका अनुसार भेलामा कार्यसम्पादन समितिमा नभएका संस्थापन समूहका केन्द्रीय सदस्यहरू भेला भएका छन्। यो समूहले पार्टीको १५औं महाधिवेशनको मितित प्रस्ताव गर्ने तयारी गरेको छ।

    कांग्रेसभित्र तत्काल महाधिवेशनको मिति तोक्ने या नतोक्ने भन्नेमा विवाद चर्किँदो छ। यही विवादका कारण केन्द्रीय कार्यसमिति बैठक पनि स्थगित भएको छ।

    महामन्त्री गगनकुमार थापासहित इतर समूहका नेताहरूले मंसिर या पुसमै महाधिवेशन गर्नुपर्ने पक्षमा छन्। उता कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित संस्थापन समूह भने फागुन २१ को प्रतिनिधिसभा निर्वाचनपछि पार्टीको महाधिवेशन गर्नुपर्ने पक्षमा छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार