Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • हिमालयन बैंकमा १५ दिनदेखि बैकिङ कारोबार ठप्प, राष्ट्रबैंक मूकदर्शक


    आइतबार, कार्तिक १६ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । हिमालयन बैंकको कलंकी शाखामा काराबार गर्ने मच्छेगाउँका गणेश शर्मा (नाम परिवर्तन) ले ब्यापारिक कारोबार गर्ने हिमालयन बैंक १५ दिनदेखि ठप्प छ । उनले खरिद गर्नुपर्ने कच्चा पदार्थ पैसाकै कारण रोकिएपछि ग्रिल उद्योग नै बन्द गर्नुपर्ने अवस्थामा छन् ।

    शर्माको काम रोकिएर चौपट भएको छ । बैंकबाट रकम ट्रान्सफर, चेक कारोबार, एटीएम र चेकबाट रकम झिक्ने र जम्मा गर्ने कुनै पनि कारोबार चलेको छैन । सिस्टम अपग्रेड गर्ने भन्दै सूचना जारी गरेको बैंकले एक हप्ताका लागि असुबिधा हुने बताएको थियो । तर, १५ दिन हुँदा पनि पूर्णरुपमा कारोबार चलेको छैन । कहिले बन्ने हो त्यो पनि ग्राहकलाई जानकारी दिइएको छैन । यसरी विश्वासमा अडिएको बैंकप्रति नै अविश्वासको वातावरण बन्नुले बैंक भविष्यमा धारासायी नहोला भन्न सकिँदैन ।

    कलंकी बस्ने सौगात थापाले आफुले खाता नै बन्द गर्नुपर्ने अवस्था आएको बताए । कालीमाटी काठमाडौंका घनश्याम बिडारी (नाम परिवर्तन) ले आफ्नी आमा बिरामी हुँदासमेत रकम निकाल्न नपाएको भन्दै हिमालयन बैंकमा रहेको खाता नै बन्द गर्नुपर्ने आक्रोश व्यक्त गरे । उनले कारोबार गर्दै आएको हिमालयन बैंकले सिस्टम अप्डेट गरेको जानकारी पाएको भए पनि एक हप्ता भनेकोमा दुई हप्तासम्म पनि अवस्था उस्तै रहेको बताए ।

    २०४९ सालमा स्थापना गरिएको यो बैंकमा पाकिस्तानको हविव बैंकको शेयर रहेको छ । यो बैंकको संस्थापक नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शम्शेर जवरा हुन् । अहिले उनैका सुपत्र अशोक शमशेर सीइओ छन् । हिमालयनमा २० प्रतिशत स्वामित्व रहेको हबिबको हाल १२।९६ प्रतिशत स्वामित्व छ । भरखरै केही महिनाअघि मात्र हिमालयन बैंकले ९२ लाख ५० हजार कित्ता एफपीओ बिक्री गर्ने अनुमति पाएको थियो ।

    हिमालयन बैंकले ज्योतिकुमारी बेगानीको ७४ हजार ७५ कित्ता, सावित्रीदेवी अग्रवालको २६ हजार ४५४ कित्ता, सुरक्षा सिजापतिको ११ हजार १५६ कित्ता, मैया श्रेष्ठ बस्नेतको ५ हजार १४१ कित्ता र चिरञ्जीवीलाल अग्रवालको ३ हजार १७१ कित्ता शेयर रहेको छ । तर, बैकको ग्राहकप्रतिको यो व्यवहारका कारण शेयर पनि विक्रीमा समस्या आइसकेको छ । यस विषयमा बैंकका सूचना अधिकारी सुनिल गोर्खालीसँग सम्पर्क गर्न पटक–पटकको प्रयास गर्दा सफल हुन सकेन ।

    बैंकका अर्का अधिकारी सुभासन बज्रचार्यले प्राविधिकतर्फ आफू जानकार नभएको भन्दै बैंकको चेक डिपोजिट र वीथ ड्र सिस्टम सुचारु भइसकेको बताए । तर, ब्यवहारमा त्यो अवस्था पनि देखिंदैन । ग्राहकहरु यो सुबिधाबाट पूर्णरुपमा बन्चित भएका छन् । त्यसै गरी कहिलेदेखि पूर्णरुपमा सुचारु हुन्छ भन्ने प्रश्नमा आफूलाई एकीन नभएको बताए ।

    सुनिल गोर्खालीलाई सम्पर्कका लागि सूचना अधिकारीको मोबाईल नम्बरमा कल गर्दा रिता सिंहले रिसिभ गरी आफुलाई पनि बैंकिङ प्रणालीमा ग्राहकले दुःख पाएको विषयमा नराम्रो लागेको बताईन ।

    यस विषयमा नियामक निकाय केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितसँग प्रतिक्रियाका लागि सम्पर्क गर्दा ‘सुरुमा एक हप्ताका लागि भनेर नोटिस निकालेको अवस्था भएको र पुनः समस्या आएको भन्दै जानकारी दिएको तर, कहिलेदेखि पूर्ण सञ्चालनमा आउने हो भन्ने विषयमा एकीन नभएको बताए । प्रवक्ता पण्डितले पूर्ण जानकारीका लागि नियमन विभागमा बुझ्न आग्रह गरेपछि विभागकी उपनिर्देशक रञ्जना शर्मासँग सम्पर्क गर्दा आफूले पछि बुझेर जानकारी दिने बताइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार