काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)सहित विगतमा एमाले निर्माण गर्नेहरुलाई पार्टीमा फर्किन आह्वान गरेका छन् ।
अध्यक्ष ओलीले विगतमा नेकपा (एमाले) को निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिंडेका सबै नेता–कार्यकर्तालाई पार्टीमा फर्किन हदयदेखि आह्वान गरेका छन् ।
नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रबीच एकता हुने भएको छ । तर उक्त पार्टीका बरिष्ठ नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसाल, रामकुमारी झाँक्रीलगायतका केही नेताहरु माओवादीसँग एकता प्रक्रियामा नजाने भएका छन् । उनीहरुतर्फ नै लक्षित गर्दै अध्यक्ष ओलीले एमालेमा फर्किन आह्वान गरेको देखिन्छ ।
अध्यक्ष ओलीले शुक्रबार साँझसामाजिक संजालमा लेखेका छन्–‘निरंकुशताको अन्धकार हटाएर लोकतन्त्रको उज्यालो फैलाउने संघर्षमा नेकपा (एमाले) ले सधैं अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका खेल्यो । अनेकौं प्रहार खेपेर राष्ट्रिय स्वाधीनता जोगाउने बलियो कवच यही पार्टी बन्यो । देशभक्तिको भावना जगाउने र विकासका संरचना निर्माण गर्ने कामको नेतृत्व यही पार्टीले गर्यो ।
सामाजिक सुरक्षाका कार्यक्रम ल्याउने लोक कल्याणकारी राज्यको आरम्भ यही पार्टीले गरेको हो । समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्न हामीले गरेका यी कामका सयौं उदाहरण छन् ।
एमाले केवल एउटा राजनीतिक संगठन होइन– यो जनताको रगत, पसिना, आँसु र आशाबाट बनेको विशाल परिवार हो। यस पार्टीको जग बसाल्न तीन पुस्ताले आफ्नो जीवनका उज्याला क्षण समर्पण गरेका छन्। कसैले जेलयातना भोगे, कतिले जीवन बलिदान गरे, कसैले आफ्नो युवावस्था आन्दोलनमा अर्पण गरे, र धेरैले सानो–ठूलो योगदान गरेर यो घरलाई अड्याए ।
आज फेरि महाविनाश निम्त्याएर देशको सार्वभौम अस्तित्वमाथि चुनौती खडा गरिएको छ, लोकतान्त्रिक संविधानमाथि आक्रमण भइरहेको छ । यस्तो बेला हामी मौन रहन सक्दैनौं । राष्ट्रिय एकता, देशको स्वाभिमान, र लोकतन्त्रको रक्षाका लागि हामी सबै एकै मन, एकै स्वर र एकै दिशामा अघि बढ्नुपर्छ ।
त्यसैले, विगतमा नेकपा (एमाले)को निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नुभएका सबै नेता–कार्यकर्तालाई हृदयदेखि आह्वान गर्न चाहन्छु– जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस् ।
यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो ।
फेरि हामी सबै काँधमा काँध मिलाएर अघि बढौं– देशको स्वाधीनता जोगाऔं, लोकतन्त्रको रक्षा गरौं र जनताको जीवनमा सुख, समृद्धि र आशाको ज्योति बालौं ।
हामी एउटै परिवार हौं —
हाम्रो लक्ष्य स्पष्ट छ —
समृद्ध नेपाल, सुखी नेपाली ।
म सबैमा आह्वान गर्न चाहन्छु–कोही अलमलमा नपर्नुस्, आउनुस्, आफ्नै घरमा–
हाम्रो साझा सपना साकार पार्न ।
निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटौं ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend