काठमाडौं। सरकारले भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड लागू गरेको छ। यसअघि जारी ६ बुँदे मापदण्ड खारेज गर्दै अध्यागमन विभागको प्रस्तावमा नयाँ मापदण्ड आजदेखि लागु गरिएको हो।
अध्यागमन विभागले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै १० माघ २०८० बाट लागू भएको ६ बुँदे मापदण्ड तथा अन्य भिजिट भिसासम्बन्धी प्रावधानहरू खारेज गरी १३ कात्तिकको मन्त्रीस्तरीय निर्णयअनुसार नयाँ मापदण्ड लागू गर्ने निर्णय गरेको बताएको छ।
विभागका अनुसार पुराना मापदण्ड कडा भएको र कागजात तयार पार्ने प्रक्रिया झन्झटिलो भएपछि नागरिकहरूले गुनासा गरेका थिए। त्यस्तै, बिचौलियाहरूले कागजात मिलाउने नाममा असूली गर्ने बढ्दो समस्या समाधानका लागि मापदण्ड परिमार्जन गरिएको हो।
नयाँ मापदण्ड अनुसार, भिजिट भिसामा विदेश जाँदा व्यक्ति आफ्नै जिम्मेवारीमा ६ महिनाभन्दा कम अवधि भएको राहदानी, गन्तव्य मुलुकको भिसा, प्रस्थान गर्न गन्तव्यसम्मको हवाई टिकट, भ्रमण प्रयोजनको स्पष्ट विवरण र आवश्यक कागजात साथमा राखेर स्वघोषणा गरेर यात्रा गर्नुपर्नेछ।
यसअघि जारी ६ बुँदे मापदण्डमा दुईतर्फी हवाई टिकट, होटेल बुकिङ, आफन्तको घरमा बस्ने भए तीन पुस्ते विवरण लगायतका कागजात पेश गर्नुपर्ने प्रावधान थियो।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौं । एनपीएलमा पोखरा एभेन्जर्सका ओपनिङ ब्याट्सम्यान युवराज सामराले अर्धशतक बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कर्णाली याक्सविरुद्ध उनले २३ बलमा अर्धशतक...
काठमाडौँ । जुवा खेल्ने तथा सट्टाबाजी गर्ने गरेको आरोपमा सुर्खेत प्रहरीले ५५ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिकाका विभिन्न वडामा...
काठमाडौँ। झापाको दक्षिणी सीमावर्ती क्षेत्र झापा गाउँपालिकामा चौपाया तस्कर र सशस्त्र प्रहरीबीच झडप हुँदा एकजना घाइते भएका छन्। नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरिएका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend